✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ साउन २ गते तद्अनुसार सन् २०२६ जुलाई १८ तारिख शनिबार आषाढ शुक्ल पक्षको चतुर्थी तिथि ८ः३५ पर षष्ठी तिथि पूर्वाफाल्गुणी नक्षत्र वरियान योग नव करण आनन्दादिमा लुम्ब योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२० भयो र सूर्यास्त साँझ १८ः५९ मा हुनेछ ।
आजको राशिफल
मेष – भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिने समय छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । भाग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा विशेष आकर्षण बढ्ने योग छ ।
वृष – ब्यस्तता केही वृद्धि भएपनि दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । प्रतिभाको कदर हुनुका साथै प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । मिठो भोजन प्राप्त होला । अरोग्यता रहनेछ । ऋण रोग र शत्रुलाई परास्त गर्नेे क्षमता वृद्धि हुनेछ ।
मिथुन – दिन केही चुनौतीयुक्त छ । परिस्थितिअनुसार चल्न नसक्दा कष्ट मिल्नसक्छ । अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । दाम्पत्य सम्बन्धमा भने चिसोपन बढ्न सक्छ । खर्च वृद्धि हुनसक्ने दिन रहेकोले फजुल खर्च नियन्त्रणको प्रयास गर्नु हितकर हुनेछ ।
कर्कट – केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नु हितकर होला । कसैसँग सामान्य मनमुटाव पर्न सक्छ, सजग रहनुहोला । पढाइलेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । रसरागमा आकर्षण रहनेछ । सन्तानसुख बढ्नेछ ।
सिंह – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । प्रेमभाव बढ्नेछ ।
कन्या – मिश्रित फलदायी समय छ । कामको बोझ घटेको महसूस होला । कतै अतिथिका रूपमा सत्कार मिल्ने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा फेरि प्रयत्न गर्दा सफलता मिल्नसक्छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्ने योग छ, सावधान रहनुहोला । समस्यामा मित्रजनको साथ मिल्नेछ ।
तुला – व्यापार-व्यवसायमा लाभ हुने, विशेषगरी जमिनबाट राम्रो फाइदा मिल्ने समय छ । व्यावसाय विस्तारका लागि यात्राको अवसर जुट्न सक्छ । मान र विद्या प्राप्ति हुने देखिन्छ । आजको दिन खर्च केही वृद्धि हुनसक्छ, सजग रही आर्थिक कारोबार गर्नु हितकर होला । पुरानो समस्याले केही झमेला दिन सक्छ । मित्रजन सहयोगी रहनेछन् । स्वास्थ्य सबल रहनेछ ।
वृश्चिक – आजको दिन स्वास्थ्यमा केही कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । नचिताएको ठाउँमा खर्च हुन सक्छ । न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । बौद्धिक तथा रचनात्मक काम सफल रहनेछ । परिवारिक सुखमा कमी आउनेछैन ।
धनु – नयाँ काममा हात हाल्ने समय आएको छ, तर कार्यसफलताका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । विरोधिपक्षको चलखेल बढ्नाले चुनौतीको सामना गर्नुपर्ला । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुनसक्ने योग छ । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन उत्साहजनक रहनेछ । सभा–समारोहमा सहभागी होइएला । रचनात्मकता बढ्नेछ ।
मकर – लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ भने महत्वपूर्ण योजना बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने अवसर जुर्न सक्छ, अवसरलाई पछ्याउने प्रयत्न गर्नुहोला । स्वास्थ्य सबल रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन आकर्षित रहनेछ ।
कुम्भ – शुभदायी दिन छ । सेवामूलक कामबाटसमेत धनलाभ हुनसक्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । व्यापार–व्यवसायमा राम्रैे फाइदा उठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला, सजग रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशांति रहनेछ ।
मीन – कर्मबल बढ्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन्, विरोधजनसँग सजग रहनु उचित हुनेछ । शुभचिन्तकहरूको सुझावको कदर गर्नु हितकर हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । कार्यगति बढ्नेछ ।
प्रतिक्रिया