बजारमा महाग्रन्थ ‘लोकगीता’

बजारमा महाग्रन्थ ‘लोकगीता’



अध्यात्म संसारमा अर्को एउटा महाग्रन्थको पदार्पण भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमान सिंह कार्कीले चार वर्ष लामो समय लगाएर तयार गर्नुभएको सात सय आठ पृष्ठको गीतामा कर्मयोग, भक्तियोग र ज्ञानयोगका बारेमा निकै सरल ढङ्गले ब्याख्या गरिएको छ ।

‘लोकगीता’ नामाकरण गरिएको नेपाली भाषाको यो महाग्रन्थ अष्ट्राबक्रलगायत अनेकौँ विद्वत मुनिहरूद्वारा लिखित गीताको समष्टि हो । गीताका अर्थ र निष्कर्शहरू बारे यसअघि कसैमा कुनै भ्रम या दुविधा थियो भने पनि ‘लोकगीता’को पदार्पणपछि कम्तिमा नेपालीभाषीहरूबाट भ्रमको अन्त्य हुने विश्वास गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त रहँदा कार्कीले ठूला भ्रष्टाचार तथा भ्रष्टाचारीहरूमाथि अनुसन्धान एवम् कारवाहीको प्रक्रिया शुरु गर्नुभएपछि उहाँलाई अदालती निर्णयबाट अपदस्थ गरिएको थियो र, अपदस्थ गराउन सुशीला कार्कीको प्रयोग भएको थियो । २०७३ सालको मध्येतिर पदबाट अपदस्त हुनुपरेपछि कार्की केही महिना सूरक्षाका कारण बाहिरिनुपरेको थियो । नेपाल फर्किएलगत्तै नेपाली भाषामा गीता लेखन शुरु गर्नुभएका उहाँले हालै ‘लोकगीता’ बजारमा ल्याउनुभएको हो ।

कोरोनाका कारण महाग्रन्थ विमोचन हुन तत्काल नसके पनि पैरवी पुस्तक पसल पुतलीसडकबाट बिक्री वितरण शुरु भएको बुझिएको छ ।