अन्तर्राष्ट्रिय रुपमा यसरी स्थापित हुँदै छन् उज्वल केसी

अन्तर्राष्ट्रिय रुपमा यसरी स्थापित हुँदै छन् उज्वल केसी



फोटोग्राफर उज्वलको सिप र गायक स्लोंगस स्वर

  • डिल्ली अम्माइ, बेल्जियम

कलाको न भाषा हुन्छ न त देश । कलाले मानिसलाई आफ्नो भावनात्मक कौशलद्वारा वशीभूत बनाउँछ। त्यसैले कलालाई प्राविधिक प्रवीणता, सौन्दर्य, भावनात्मक शक्ति वा विचारहरु व्यक्त गर्नको लागि रचनात्मक कल्पनाद्वारा मानव गतिविधिहरुको एक विविध श्रेणी भनिएको हो।

नेपालबाट एक कलाकार आफ्नै बाध्यताले विदेशिए पनि उसले आफ्नो कालाकारितालाई छोड्न सक्दैन भन्ने एक उदाहरण बनेका छन् मेहनती फोटोग्राफर उज्वल केसी । उनले नेपाली गीत-संगीत मात्र नभएर अंग्रेजी गीत-संगीत समेत आफ्नै सम्पादनमा रिलिज गरिरहेका छन् । व्यावसायिक रुपमा आफ्नो क्षमतालाई विदेशी गायकहरुले समेत पत्याउने वा विश्वास गर्नलायक बनाउने आधार उनको आफ्नै मेहनत हो । त्यसैले उनको माग विदेशी कला क्षेत्रमा समेत बढ्दो छ।

फिल्म फोटोग्राफर तथा कलाकार उज्वल केशीले अंग्रेज़ी म्युजिक भिडियो बेल्जियमको लोकप्रिय गायक तथा बेल्जिक टेलिभिजन (VTM Television) का प्रस्तोता स्लोंगस (SLONGS) को गायनमा एक गीतको सिनेमेटोग्राफ़ी र सम्पादन गरेका थिए । उनले आफ्नै लेन्सद्वारा कैद गरेको त्यो (https://youtu.be/wiamrahjOs4) पपुलर म्युजिक भिडियो भर्खरै युरोपबाट रिलिज भएको छ ।

स्मरण रहोस्, कलाकार तथा फिल्मी फोटोग्राफर केसीले नेपाल टेलिभिजनको राष्ट्रिय प्रसारणमा शनिबार ८ः४५ क्लोज़अप ए-वन हिट्स, आइतबार ब्राइटर तिम्रो सुर मेरो गीत, द भ्वाइस, फिल्मसिटी, क्लासिक एफएममा नियमित बिहान ९ बजे बिहानीपख आदि मनोरञ्जनमुलक लोकप्रिय कार्यक्रमहरु सञ्चालन गर्दथे। युरोप आएपछि पनि उनले सयौँ म्युजिक भिडियोहरुको छायांकन तथा सम्पादन गरिसकेका छन् ।

कलाकार केसीले नेपाल छँदा युवा पुस्ताका गायक दीपेशकिशोर भट्टराई, रामकृष्ण ढकालदेखि लेजेण्ड गायक ओमविक्रम बिष्टसम्मको म्युजिक भिडियो निर्देशन तथा अभिनय समेत गरेका छन् । उनको भर्खरै रिलिज भएको प्रसिद्ध बेल्जिक गायक स्लोंगसको स्वर सुन्न तलको लिंक क्लिक गर्नुहोस्-