अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा-नौबिसे सडकखण्ड आज फेरि अवरुद्ध भएको छ ।
पहिरो हटाएको ५ घण्टापछि सुचारु हुन नपाउँदै फेरि सोही स्थानमा पहिरो जाँदा नागढुङ्गा-नौबीसे राजमार्गअन्तर्गत काठमाडौ चन्द्रागिरी नगरपालिका-२ चिसापानीमा गएको पहिरोले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
तीन-चार दिनदेखि परेको अविरल वर्षाको कारण सोमबार बिहान ५ बजेर ४५ मिनेटको समयमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
नेपालको मुख्य राजमार्गमा आएको ठूलो पहिरोको कारण उपचारका लागि काठमाडौ आएका बिमारी र अन्य यात्रुसमेत समस्यामा परेका छन् ।
प्रतिक्रिया