राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलका खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । टेबलटेनिसका चन्दन शाहीलाई ७० हजार तथा तेक्वान्दोका महमद वेशलाई ८० हजार रुपैयाँ सहयोग प्रदान गरियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । महमदको चेक तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीणकुमार श्रेष्ठलाई सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी प्रदान गरिएको थियो ।
उक्त अवसरमा राखेप एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, कोषका सदस्यसचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया