अमेरिकाले विश्वलाई थप ५ करोड मात्रा कोभिड खोप अनुदान दिने

अमेरिकाले विश्वलाई थप ५ करोड मात्रा कोभिड खोप अनुदान दिने



संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्नमध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५०० मिलियन फाइजर कोभिड-१९ खोप खरिद गर्ने घोषणाको तयारी गरेको बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिएका छन् । यो नयाँ प्रतिबद्धतासँगै अमेरिकाले कूल एक अर्ब १० करोडभन्दा बढी खोप संसारलाई अनुदान दिने चाहना देखिएको छ ।

वरिष्ठ प्रशासकीय अधिकारीले कोभिड–१९ अन्त्य गर्न विश्वव्यापी शिखर सम्मेलनको पूर्व अवलोकन गर्दै भनेका छन्, “बिहीबार राष्ट्रपति बाइडेनले अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५० करोड फाइजर कोभिड–१९ खोपहरू किनिरहेको घोषणा गर्नुहुनेछ ।”

ती अधिकारीले ती खोप निःशुल्क अनुदान दिइने दाबी गरेका छन् । अनुदान दिन लागिएका खोपमध्ये आधा अर्ब खोप संयुक्त राज्य अमेरिकामा अमेरिकी कम्पनी र कामदारद्वारा उत्पादन हुने एएनआईले जनाएको छ ।

अमेरिकाले अनुदानमा दिइने खोपलाई आगामी जनवरीदेखि ढुवानी गर्न सुरु गर्नेछ । जनवरीदेखि अर्को वर्षको सेप्टेम्बरसम्ममा अमेरिकाले ८० करोड खोपहरू विश्वभर पठाउने सम्बद्ध अमेरिकी अधिकारीले ताएका छन् ।

अमेरिकाले अहिलेसम्म विश्वलाई ६० करोड भन्दा बढी काभिड–१९ विरूद्धको खोपको मात्रा अनुदान दिने प्रतिबद्धता जनाइसकेको बताइएको छ ।

अहिलेसम्म संयुक्त राज्य अमेरिकाले अहिलेसम्म नेपाल, पेरू, पाकिस्तान, श्रीलङ्का, सुडान र एल साल्भाडोरदेखि इथियोपियासम्मका विश्वभरका १०० देशहरूमा यी मात्रा झन्डै १६ करोड मात्रा ढुवानी गरेको छ ।