- टोकियो (जापान) प्रतिनिधि
जापानको फुकुशिमा केन्द्र भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । जापानको मौसम एजेन्सीका अनुसार ठूलो क्षेत्र समेटिने गरि ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
सेप्टेम्बर २९ तारिख साँझ ५ बजेर ३७ मिनेटको समयमा जापान सागरको मध्य भागमा धेरै गहिराइमा भूकम्प गएको हो । भूकम्पबाट होक्काइदो, तोहोकु र कान्तो क्षेत्रमा भूकम्पको कम्पन महशुस गरिएको छ । भूकम्पबाट सुनामीको खतरा भने नरहेको एजेन्सीका अधिकारीहरुले बताएका छन् ।
भूकम्प होक्काइदोसहित फुकुशिमा, इवाते, साइतामा सम्म ३ भन्दा बढीको कम्पन मापन गरिएको छ । होक्काइदो हित तोहोकु, कान्तो कोशिन क्षेत्रमा महशुस गरिएको भूकम्प शिजुओका र इशिकावा प्रान्तको प्रशान्त क्षेत्रमा केन्द्रित फराकिलो क्षेत्र भूकम्पको केन्द्रबिन्दु देखिएको बताइएको छ ।
जापान मौसम विज्ञान एजेन्सीको अवलोकन अनुसार भूकम्पको केन्द्र जापान सागरको मध्य भागमा देखिएको छ । केन्द्रबिन्दुको गहिराई ४०० किलोमिटर र ६.१ म्याग्निच्युड मापन गरिएको छ । भूकम्प एक असामान्य तरिकाले समुन्द्रको उच्च गहिराइमा गएको बताउँदै जापानका भूगर्वसम्बन्धी अध्ययनकर्ताहरुले यसलाई ‘प्रशान्त प्लेट’मा गएको एक ‘असामान्य भूकम्प’ क्षेत्र भएको बताएका छन् ।
प्रतिक्रिया