टोर्नाडोद्वारा अष्ट्रेलियालीमा क्षति

टोर्नाडोद्वारा अष्ट्रेलियालीमा क्षति



बिहीबार सिड्नीको पश्चिमी ग्रामीण क्षेत्रमा आएको आँधीले घर र बिजुली आपूर्तिमा क्षति पुऱ्याएको छ ।

मौसम विज्ञान ब्युरोका अनुसार आँधी अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरको पश्चिममा विकसित टोर्नाडोले बाथर्रस्ट क्षेत्रमा ठूलो क्षति पुऱ्याएको छ । त्यहाँका घर, बिजुली आपूर्ति र रूखहरूमा व्यापक क्षति पुगेको समाचारहरू प्राप्त भएका छन् ।

समाचारअनुसार २५ देखि ३० किलोमीटर सम्मका आपूर्ति लाइनहरूमा व्यापाक क्षति पुगेको छ । त्यो क्षेत्रमा चट्याङ आउन सक्ने हुनाले सतर्क रहन समेत आग्रह गरिएको छ । यस किसिमका टोर्नाडो आउनु अष्ट्रेलियामा सामान्य जस्तै भए पनि क्षति भने कमै हुने गर्छ ।

यसैबीच न्यु साउथ वेल्सको आपत्कालीन सेवा विभागले उच्च जोखिमका क्षेत्रमा सचेत रहन आग्रह गरेको एएफपीले जनाएको छ।