गुल्मीमा जिप दुर्घटना, तीनको मृत्यु

गुल्मीमा जिप दुर्घटना, तीनको मृत्यु



गुल्मीमा गए राति जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु र अन्य ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया सङ्गीता सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार उनीहरुको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ भने एक जनाको गुल्मी अस्पतालमै उपचार भइरहेको छ । सदरमुकाम तम्घासनजिकै दुर्घटना भएका कारण तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको थियो । उक्त जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको थियो ।

representative image