प्रधानमन्त्री देउवाको नेतृत्वमा ‘वर्ल्ड लिडर समिट’मा सहभागिता जनाइने

प्रधानमन्त्री देउवाको नेतृत्वमा ‘वर्ल्ड लिडर समिट’मा सहभागिता जनाइने



नेपाली फुटबल टिमका खेलाडीलाई जनही रु पाँच लाख प्रदान गर्ने मन्त्रिपरिषदको निर्णय

संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डल प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । ग्लास्गोमा यही अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी २६औँ सम्मेलन हुँदैछ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साफ च्याम्पियनसीप प्रतियोगितमा उपविजेता भएका नेपाली फुटबल टिमका खेलाडीलाई जनही रु पाँच लाख र प्रशिक्षकलाई रु तीन लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

यसैगरी बैठकले मोहम्मद जयन्ती (१४९६) का अवसरमा यही कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संंशोधन० नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

अबुधाबी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृति दिने र लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्राङ्किंत प्रथम श्रेणीका विभिन्न पदहरुमा नियुक्त गर्ने निर्णय भएको उनले जानकारी दिए । बैठकले विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्जवनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।