आजको पञ्चाङ्ग एवम् राशिफल (३ कात्तिक २०७८ बुधबार, २० अक्टोबर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ कात्तिक २०७८ बुधबार, २० अक्टोबर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शरद ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ कार्तिक ३ गते बुधबार तद्अनुसार सन् २०२१ अक्टुबर २० तारिख आश्विन शुक्लपक्ष पूर्णिमा तिथि रेवती नक्षत्र हर्षण योग भद्रा २ः२९ पर बालब करण आनन्दादिमा उत्पात योग चन्द्रमा मीन राशिमा १४ः३३ बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः७ मा भयो र सूर्यास्त साँझ १७ः२८ मा हुनेछ । पूर्णिमा व्रत, कार्तिकस्नान आकाशदीपदान आरम्भ ।

आजको राशिफल

मेष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आशा उत्साह थपिनेछ । ऐश्वर्य र आरोग्यता बढ्ला । साहसिक कार्य बन्नेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । आयमूलक काममा सफलता मिल्नेछ । मित्रजनको साथ मिल्नेछ । सुविधा बढ्ला । हरेक प्रकारले पराक्रम बढ्नेछ । सफलताको नयाँ संकेत देखापर्ला ।

बृष – समय उन्नतीशील छ । बौद्धिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्राको सम्भावना छ । यश वर्चश्व वृद्धि होला । शुभकाममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाई काम गर्नुहोला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

मिथुन – खर्चमा नियन्त्रण आउनेछ । रसरागमा आकर्षण बढ्नेछ । धैर्य र विवेकले काम गर्नु बेस होला । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट – खर्च तथा व्यस्तता बढ्नेछ । विलासमा रुचि बढ्ला । भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । कार्यगति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर रहला ।

सिंह – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनु हुनेछ । सुख आरोग्यता बढ्ला । सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । सुखसुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला ।

कन्या – आर्थिक कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसंगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । सुख समृद्धि बढ्ला । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला ।

तुला – दौडधुप रहला । यात्रा होला । सुख आनन्द बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । सन्तानको साथ मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । शुभ काममा आकर्षण बढ्ला ।

वृश्चिक – मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । जोखिममा नपर्नुहोला ।

धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनु हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । आशा उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथिभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । पराक्रम वृद्धि होला । सुख आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ ।

मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा बृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सुख सन्तति बढ्नेछ । मित्रमिलन हुनेछ ।

मीन – खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति हुनेछ ।