बङ्लादेशलाई चीनले फेरि दियो खोप

बङ्लादेशलाई चीनले फेरि दियो खोप



चीनले छिमेकी राष्ट्र बङ्लादेशलाई कोरोनाभाइरस विरुद्धको खोप फेरि उपलब्ध गराएको छ । चीनमा बनाइएको सिनोभ्याक खोप चीनले उपलब्ध गराएको बङ्लादेशका उच्च अधिकारीहरूले जानकारी गराएका हुन् ।

चिनियाँ सरकारले बङ्लादेश सरकारलाई अहिले पाँचौ चरणको खोप उपहार प्रदान गरेको र यसरी पठाएको खोप मङ्गलबार बङ्लादेशको राजधानी ढाका पुगेको सिन्ह्वाले जनाएको छ ।

बङ्लादेशस्थीति चिनियाँ दूतावासले पनि आफ्नो देशबाट बङ्लादेशका लागि पाँचौ चरणको खोप आएको पुष्टि गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत दूतावासले सिनोभ्याक लाइफ साइन्स कर्पोरेसन लिमिटेडद्वारा उत्पादित खोप उपलब्ध गराइएको जनाएको छ ।

चीनले बङ्लादेशलाई यसअघि गत मे, जुन र अगस्टमा सिनोफर्म खोप उपलब्ध गराएको थियो ।

छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्ध लड्न उच्च प्राथमिकताका साथ सहयोग गर्ने चिनियाँ रणनीति अनुसार चीनले बङ्लादेशलाई खोप उपलब्ध गराउदै आएको हो ।