फिजीमा नयाँ राष्ट्रपति निर्वाचित

फिजीमा नयाँ राष्ट्रपति निर्वाचित


फिजीमा शुक्रबार नयाँ राष्ट्रपति चयन गरिएको छ । फिजीको संसदले रातु विलियम कातोनिभेरेलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको घोषणा गरेको छ ।

उनले यसअघिका राष्ट्रपति जिओजी कोनौटेलाई विस्थापित गरेका हुन् । कोनौटेले राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेका छन् । कातोनिभेरेले भोरेक्व बैनीमारामालाई प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

संसदमा भएको मतदानमा कातोनीभेरेले २८ मत प्राप्त गरेका थिए भने केपाले २३ मत प्राप्त गरेका थिए । संसदका सभामुख रातु इपेली नैलातिकौले कातोनीभेरेलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्दै बधाई दिएका सिन्ह्वाले जनाएको छ । नवनिर्वाचित राष्ट्रपति कातोनीभेरे फिजिफस्ट पार्टीको पूर्वअध्यक्ष समेत हुन् । उनले प्रधानमन्त्रीको जिम्मेबारी भने अर्को महिनादेखि सम्हाल्ने छन् ।