अमेरिकी सेनाको ड्रोन आक्रमणमा अल कायदाका नेता मारिएको दाबी

अमेरिकी सेनाको ड्रोन आक्रमणमा अल कायदाका नेता मारिएको दाबी



अमेरिकी सेनाले उत्तरपश्चिमी सिरियामा शुक्रबार हवाई हमलामा अल कायदाका एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ।

अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता आर्मी मेजर जोन रिग्स्बीले एक विज्ञप्तिमा अब्दुल हमिद अल-मातार ड्रोन हमलामा मारिएको बताएका हुन् ।

रिग्सबीले भने अल-मतरको हत्याले अल-कायदाको ‘अमेरिकी नागरिकहरू, हाम्रा साझेदारहरू र निर्दोष नागरिकहरूलाई खतरामा पार्ने, वैश्विक हमला गर्ने र थप षड्यन्त्र गर्ने क्षमतालाई बाधा पुऱ्यााउने छ।’

उक्त ड्रोन हमला दक्षिणी सिरियामा अमेरिकी सैन्य चौकीमा ड्रोन र रकेटहरू समावेश गरिएको समन्वित आक्रमणमा परेको दुई दिनपछि भएको एपीले जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार त्यहाँ तैनाथ कुनै अमेरिकी सैनिक घाइते वा मारिएका छैनन् ।