टर्कीका राजदूत निष्कासनको धम्कीबाट जर्मनी चिन्तित !

टर्कीका राजदूत निष्कासनको धम्कीबाट जर्मनी चिन्तित !


टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले अंकाराका लागि जर्मन राजदूत र अन्य नौ देशका सदस्यहरूलाई देश निकाला गर्ने धम्की दिएपछि जर्मनीले सोमबार चिन्ता व्यक्त गरेको छ।

जर्मन सरकारका प्रवक्ता स्टेफेन सेइबर्टले पत्रकारहरुसँगको कुराकानीमा टर्कीका राष्ट्रपतिले गरेको टिप्पणीबाट आफूहरू चिन्तित र अन्योलमा रहेको बताएका एएफपीले जनाएको छ ।

सेइबर्टले भनेका छन्, ‘यद्यपि टर्की पक्षबाट कुनै औपचारिक सूचना आएको छैन । हामी धम्कीबाट प्रभावित अन्य देशहररूसँग नजिकको परामर्शमा छौँ ।’