आजको पञ्चाङ्ग एवम् राशिफल (९ कात्तिक २०७८ मंगलबार, २६ अक्टोबर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ कात्तिक २०७८ मंगलबार, २६ अक्टोबर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शरद ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ कार्तिक ९ गते मंगलबार तद्अनुसार सन् २०२१ अक्टोबर २६ तारिख कार्तिक कृष्णपक्ष षष्ठी तिथि आर्द्रा नक्षत्र शिव योग गर करण आनन्दादिमा चर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः११ मा भयो र सूर्यास्त साँझ १७ः२३ मा हुनेछ ।

आजको राशिफल

मेष – समय शुभ फलदायक रहनेछ । शत्रुमाथि विजय प्राप्त हुने र ऋण, रोगबाट मुक्ति मिल्ने योग छ । आफन्तको सहयोग रहला । भ्रमणमा रुचि बढ्ला । धनमान पनि बढ्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । विलासमा आकर्षण बढ्ने छ ।

वृष – दिन शुभ र लाभदायक रहला । रोकिएको काम अघि बढ्ने र छोटै समयमा सम्पन्न हुनाले प्रशन्नता बढ्नेछ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । उन्नति हुनेछ । आयस्रोत बढ्ला । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहसिक कायमा सफलता प्राप्त हुनेछ । सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मिथुन – यात्राको योग छ। अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । परिश्रममा वृद्धि होला । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । विजयश्री प्राप्त होला ।

कर्कट – समय मिश्रित फलदायक रहनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता वृद्धि हुनेछ । बन्नै लागेको काममा व्यवधान पैदा भएको अनुभूति रहला । मित्रजनले भने साथ दिनेछन् । सन्तानबाट सुख मिल्नेछ । मान महत्व बढ्नेछ । दौडधुप जारी रहला । कुनै पनि काममा आफ्नै बल विवेकले पार लगाउने सोचका साथ काम गर्दा उचित रहनेछ ।

सिंह – भागदौड र व्यस्तता बढे पनि आफन्तको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान बढ्नेछ । ऋण रोग र शत्रुप्रति विजय हासिल होला । समस्या समाधान हुनेछ ।

कन्या – मिठो भोजन मिल्नेछ । रोकिएको धन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । मित्रजनको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।

तुला – ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन मिल्नेछ । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – व्यस्त रहनु परे पनि समय अनुकूल फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । मित्रजन एवम् सन्ततिसुख बढ्नेछ । विवादमा नपर्नु हितकर रहला । आरोग्यता बढ्ला । जीवनसाथी र आफन्तकोसहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि होला । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु – धनको आवागमन भैरहनेछ । दौडधुप वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । विवादबाट बच्ने प्रयत्न गर्दा उचिर रहने छ । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर – आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै सामर्थ्य लगाएर कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।

कुम्भ – प्रयासरत काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । मान प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।

मीन – आरोग्यता बढ्ला । सुखशान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । शुभ काममा भाग लिनुहुनेछ । वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । गौरव बढ्ला । सुखशान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । आँट पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ ।