आजको पञ्चाङ्ग एवम् राशिफल (१० कात्तिक २०७८ बुधबार, २७ अक्टोबर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० कात्तिक २०७८ बुधबार, २७ अक्टोबर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शरद ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ कार्तिक १० गते बुधबार तद्अनुसार सन् २०२१ अक्टुबर २७ तारख कार्तिक कृष्णपक्ष षष्ठी तिथि ६ः४७ पर सप्तमी तिथि पुनर्वसु नक्षत्र सिद्धि योग भद्रा करण आनन्दादिमा गद योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१२ मा भयो र सूर्यास्त साँझ १७ः२२ मा हुनेछ ।

आजको राशिफल

मेष – कार्यमा थप गति आउनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आशा उत्साह थपिनेछ । ऐश्वर्य बढ्ला । आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । धनसम्पत्ति मान महत्व ऐश्वर्य अभिवृद्धि हुनेछन् । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । आयमूलक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ । हरेक प्रकारले पराक्रम बढ्नेछ ।

बृष – उन्नतिप हुनेछ । मान महत्व बढ्ला । शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि होला । शुभकाममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन तथापि आफन्तको सहयोग मिल्नेछ ।

मिथुन – समय शुभ छ । धन सम्पत्ति बढ्नेछ । खर्चमा नियन्त्रण आउनेछ । रसरागमा आकर्षण बढ्नेछ । धैर्य र विवेकले काम गर्नु बेस होला । इष्टमित्रको साथ मिल्नेछ । सुविधा बढ्ला । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट – खर्च तथा व्यस्तता बढ्नेछ । विलासमा रुचि बढ्ला । भ्रमणमा आकर्षण रहनेछ । कार्यगति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर रहला ।

सिंह – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । सुख आरोग्यता बढ्ला । सौभाग्यपूर्ण दिन छ । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । सुखसुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।

कन्या – आर्थिक कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै अवरुद्ध धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।सुख समृद्धि बढ्ला । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला ।

तुला – भागदौड रहला । यात्रा होला । सुख आनन्द बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित सन्तानको साथ मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । शुभ काममा आकर्षण बढ्ला ।

वृश्चिक – रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य सम्पन्न हुनेछ । आजको दिन अरुमाथि भर पर्नु उचित हुने छैन । जोखिममा नपर्नुहोला ।

धनु – बिग्रन लागेको काम बनेर आशा उत्साह वृद्धि होला । लेखन प्रकाशन, कला, साहित्य आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथिभाइको साथ मिल्नेछ । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । यात्रामा सफलता मिल्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्नेछ । धन वृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । विलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । आयस्रोत बढ्ला । पराक्रम वृद्धि होला । आयात तथा निर्यातसित सम्बन्धित काम बन्ला । सुख मिल्नेछ । समस्याको समाधान हुनेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । मित्रमिलन हुनेछ ।

मीन – खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । राजकाज बन्नेछ ।