गोदावरी पुष्प प्रदर्शनी शुक्रबार

गोदावरी पुष्प प्रदर्शनी शुक्रबार


फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने भएको छ ।

फूलको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा व्यावसायिक ४४ तथा सूचनामूलक चार गरी ४८ स्टल रहने छन् ।

यस वर्ष गोदावरी फूलको विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी भने हुने छैन । बरु मेलामा सहभागी नर्सरी व्यवसायीलाई प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने जनाइएको छ ।

स्वदेशमा व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाको बिक्री वितरण गरिने छ भने करिब ३५ हजारभन्दा बढीले अवलोकन गर्ने अन्ुमान गरिएको मेलामा रु ५० लाखको कारोबार हुने अपेक्षा गरिएको छ ।