आजको पञ्चाङ्ग एवम् राशिफल (११ कात्तिक २०७८ बिहीबार, २८ अक्टोबर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ कात्तिक २०७८ बिहीबार, २८ अक्टोबर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ शरद ऋतु वि.सं. २०७८ कार्तिक ११ गते बिहीबार तद्अनुसार सन् २०२१ अक्टोबर २८ तारिख कार्तिक कृष्णपक्ष सप्तमी तिथि ८ः१७ पर अष्टमी तिथि पुनर्वसु नक्षत्र ६ः३९ पर तिष्य नक्षत्र साध्य योग बालव करण आनन्दादिमा सिद्धि योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१२ बजेमा भयो र सूर्यास्त साँझ १७ः२१ बजेमा हुनेछ । अष्टमी ब्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – व्यस्तता बढ्नेछ । धनको आउने र जाने भइरहनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । विलास तथा मनोरञ्जनमा पनि रुचि बढ्नेछ । सुख–सुविधाको वस्तुप्रति ध्यान जानेछ । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्ला ।

वृष – लाभ वृद्धि हुनेछ । आरोग्यता पनि बढ्नेछ । मिठो भोजन प्राप्त होला । विजयश्री मिल्नेछ । उन्नति हुनेछ । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

मिथुन – धन सम्पत्ति बढ्नेछ भने दोडधुप पनि उत्तिकै रहला । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।

कर्कट – भाग्यवर्द्धक काम बन्नेछ । आरोग्य वृद्धि हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । आनन्दमा वृद्धि होला । मानसम्मान ख्याति फैलिनेछ । सुखशान्ति बढ्नेछ ।

सिंह – ब्यस्तता बढ्ला । शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनु बेस होला । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला । स्वास्थ्यमा लापर्वाही नगर्नु हितकर रहनेछ । यात्रामा लापर्वाही नगर्दा हितकर रहनेछ । अरुको भरमा नबस्नु बेस होला ।

कन्या – शुभ र लाभदायक काम बन्नेछन् । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । मिष्ठान्न भोजन पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ । विलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । धन सम्पत्ति बढ्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – मान महत्व बढ्नेछ । गौरव वृद्धि हुनेछ । यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यबर्द्धक कार्य बन्ला । मनोकूलको काम बनेर मन प्रशन्न भैजानेछ ।

वृश्चिक – आरोग्य वृद्धि हुनेछ । प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । सद्कर्म पथमा प्रगति होला । भाग्योदय हुनेछ । आफन्तको सहयोग बढ्ला । महत्वपूर्ण साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इष्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख रहनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु हितकर रहला । भ्रमणादिमा रुचि बढ्ला । जोखिमप्रति सचेत रहनुपर्नेछ ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग भेट्ने छ । ऐश्वर्य बढ्नेछ ।

कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुख शान्ति बढ्ला ।

मीन – समय शुभ भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख–सुविधा बढ्नेछ । मनअनुकूलको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला । सन्ततिसुख बढ्ला ।