आजको पञ्चाङ्ग एवम् राशिफल (१२ कात्तिक २०७८ शुक्रबार, २९ अक्टोबर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ कात्तिक २०७८ शुक्रबार, २९ अक्टोबर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ शरद ऋतु वि.सं. २०७८ कार्तिक १२ गते शुक्रबार तद्अनुसार सन् २०२१ अक्टुबर २९ तारिख कार्तिक कृष्णपक्ष अष्टमी तिथि ः२१ पर नवमी तिथि तिष्य नक्षत्र ८ः१७ पर अश्लेषा नक्षत्र शुभ योग तैतिल करण आनन्दादिमा उत्पात योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१३ मा भयो र सूर्यास्त साँझ १७ः२० मा हुनेछ । राधाष्टमी ।

आजको राशिफल

मेष – ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ । धन खर्च हुनेछ । ग्रहगोचरको प्रभावस्वरुप विलासमा आकर्षण बढ्ला । दौडधुप बढ्नेछ । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । धनको आवागमन भइरहने छ । अरुको भर पर्नु उचित नहोला । जोखिममा नपर्नु हितकर रहला ।

वृष – सुख आनन्द बढ्नेछ । आरोग्यता बढ्ला । अन्नधन बढ्नेछ । आयस्रोत बढ्नेछ । मिठो भोजन मिल्नेछ । आफन्तसुख बढ्नेछ । सुखसुविधाको वस्तु बढ्नेछ । ब्यस्तता भने जारी रहला । व्यर्थको झन्झटबाट छुटकारा मिल्नेछ । यात्रा हुने, महत्वपूर्ण काम बन्नेछ । आर्थिक पक्षमा सुधार हुनेछ । विशेषगरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहनेछ । मनोकूलको काम बनेर मन प्रशन्न बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – उन्नति पदोन्नति हुनेछ । आँट उत्साह बढ्नेछ । भाग्योदय हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ । रोकिएको काम बन्ला । ख्याति फैलिनेछ ।

कर्कट – मिठो भोजन मिल्नेछ । आयस्रोत सुख समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम, यात्रापरक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । गीतसंगीत रसराग प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा रुचि रहनेछ । ख्याति फैलिनेछ ।

सिंह – कठोर मिहीनेतले मात्र सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा केन्द्रित रहनु हितकर होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । समस्याको समाधान मिल्नेछ । भोग विलासको अवसर भेट्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

कन्या – आयस्रोत बढ्नेछ । आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । मित्रजन एवम् सन्तानसुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ । सुख शयल विलासमा आकर्षण बढ्ला ।

तुला – कार्ममा सफलता मिल्नेछ । आफन्तसुख बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । उन्नति हुनेछ । इष्टमित्रको साथ मिल्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि बढ्नेछ । समस्याको समाधान गर्नुहुनेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।

वृश्चिक – शुभता बढ्ला । मनोकूलको काम बन्नेछ । आयस्रोत पनि बढ्ला । रोकिएको धन उठ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । नयाँ दायित्व पनि प्राप्ति हुनेछ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । विकासको सम्भावना देखापर्नुका साथै आशा-उत्साह पनि वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । विलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत रही योजनानुसार काम गर्नु बेस होला ।

धनु – लगानी र खर्च बढ्नेछ । भ्रमण, हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाएर काम गर्नु हितकर होला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु बुद्धिमत्ता ठहरिनेछ ।

मकर – दिन शुभ फलदायक रहनेछ । आयस्रोत वृद्धि हुनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्व पूरा गर्नुहुनेछ । आर्थिक कार्य बन्नेछ ।

कुम्भ – सुख आनन्द बढ्नेछ । यात्रापरक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । सार्बजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला । शुभ समाचार मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । रोकिएको काम बन्नेछ ।

मीन – विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । शुभ काम बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुखशान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख सौभाग्यमा वृद्धि हुनेछ । मान महत्वमा बढोत्तरी हुनेछ । लगानी उठ्ला । अन्नधन बढ्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । प्रेममा सफलता प्राप्त होला । सन्तानसुख बढ्ला ।