मध्य भोटेकोशी हाइड्रो कम्पनीको आईपीओ बाँडफाँट

मध्य भोटेकोशी हाइड्रो कम्पनीको आईपीओ बाँडफाँट



मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटअनुसार ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले शेयर कित्ता पाएका छन् । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

कम्पनीको आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए । ९५ हजार ७२२ आवेदन भने रद्द भएको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।