■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक सम्वत्सर शरद ऋतु वि.सं. २०७८ कार्तिक १३ गते तद्अनुसार सन् २०२१ अक्टोबर ३० तारिख शनिबार कार्तिक कृष्णपक्ष नवमी तिथि ९ः१४ पर दशमी तिथि अश्लेषा नक्षत्र ९ः२६ पर मघा नक्षत्र शुक्ल योग वणि करण आनन्दादिमा मानस योग चन्द्रमा कर्कट राशिमा ९ः२६ बजेसम त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१४ मा भयो र सूर्यास्त साँझ १७ः२० बजे हुनेछ ।
आजको राशिफल
मेष – आँट गरेर नयाँ काम आरम्भ गर्नु हितकर रहनेछ । सुख समृद्धि बढ्नेछ । आयस्रोत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । यश वर्चश्व बढ्ला । आँट उत्साह बढ्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । असल भावनाले युक्त कार्य शुभ र सफलतादायक रहनेछ । इष्टमित्र र सन्तानबाट सुख बढ्नेछ ।
बृष – शुभ समय छ । विलासमा आकर्षण बढ्नेछ । उन्नति हुनेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । वार्तामा सफलता मिल्नेछ । मान प्राप्त होला । सुखशान्ति बढ्ला । साझेदारीको काम बन्नेछ । प्रसिद्धि फैलिनेछ ।
मिथुन – साहसिक कर्ममा आकर्षण बढ्नेछ । लाभदायक समय छ । व्यस्तता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नाले उत्साह बढ्ला । परिश्रमबाट सफलता पाउनुहुनेछ । आयस्रोत वृद्धि हुनेछ । सफलता र समृद्धि प्राप्ति हुनेछ ।
कर्कट – मिठो भोजन प्राप्त हुनेछ । शुभ काममा लाग्नु हितकर हुनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै इष्टमित्रको साथ–सहयोग पनि रहनेछ । व्यस्त बनेर दिन बित्ला । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख–सुविधाको वस्तु बढ्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । धनको आवागमन भैरहनेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।
सिंह – सुख शान्ति र समृद्धि मिल्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।
कन्या – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ । मान महत्व बढ्ला । आर्थिक काममा सफलता मिल्नेछ । ख्याति फैलिनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
तुला – जोखिमपूर्ण कार्यमा रुचि रहला तर सरल कार्यमा लाग्दा नै शुभ रहला । अरुको भर नपर्नुहोला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । मिठो भोजन मिल्नेछ । गोप्य काम बन्नेछ । जोखिम बढ्न सक्छ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । विवादमा नपर्नु हितकर रहला ।
वृश्चिक – कार्यमा सफलता मिल्ने । विकासको नयाँ सम्भावना देखापर्ला । उत्साह वृद्धि हुनेछ । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्नुका साथै दायित्वलाई निर्वाह पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।
धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।
मकर – उन्नति पदोन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व बृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहनेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला । इष्टमित्र सन्तानको सहगयोग मिल्नेछ ।
कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । सुखशान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत हुनु पर्नुछ ।
मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ । अन्नधन बढ्नेछ ।
प्रतिक्रिया