आजको पञ्चाङ्ग एवम् राशिफल (१४ कात्तिक २०७८ आइतबार, ३१ अक्टोबर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ कात्तिक २०७८ आइतबार, ३१ अक्टोबर २०२१)



अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ शरद ऋतु वि.सं. २०७८ कार्तिक १४ गते आइतबार तद्अनुसार सन् २०२१ अक्टुबर ३१ तारिख कार्तिक कृष्णपक्ष दशमी तिथि ९ः५७ पर एकादशी तिथि मघा नक्षत्र ९ः३८ पर पूर्वाफाल्गुणी नक्षत्र ब्रम्हा योग बब करण आनन्दादिमा मुद्गर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः१४ मा भयो र सूर्यास्त साँझ १७ः१९ मा हुनेछ ।

आजको राशिफल

मेष – समय अनुकूल फलदायक छ । मिठो भोजन प्राप्त हुनेछ । जीवनमा सुख शान्ति बढ्नेछ । सार्वजनिक कार्यमा सफलता प्राप्त हुनेछ । नियमित कर्ममा प्रवृत्ति बढ्नेछ । सुख र सफलता प्राप्त हुनेछ । इष्टमित्र सन्तान आदिको सहयोग प्राप्त हुनेछ । व्यापारमा सफलता हासिल हुनेछ । आर्थिक कर्ममा प्रवृत्त रहनुहुनेछ । रोकिएको काम बन्नुका साथै विविध कार्यक्रममा सहभागी हुनुहुनेछ ।

बृष – धनसम्पत्ति बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै सुख शान्ति समृद्धि पनि प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभ काममा सफलता प्राप्त होला । आँट साहस उत्साह थपिनेछ । बौद्धिक र सृजनात्मक काम होला । रोकिएको काममा सफलता हासिल हुनेछ । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । सुखसुविधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ । आरोग्यता बढ्नेछ ।

मिथुन – मनमा संशय भएपनि कार्यमा सफलता प्राप्त हुनेछ । भागदौड व्यस्तता बढ्नेछ । विलासमा आकर्षण बढ्नेछ । जोखिममा नपर्नु उचित हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला ।

कर्कट – आरोग्यता बढ्नेछ । मान महत्वमा कमी आउने छैन । वार्तामा सफलता प्राप्त हुनेछ । पारिवारिक वातावरण अनुकूल रहनेछ । सुख र सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हितकर रहला ।

सिंह – प्रेममा सफलता हासिल हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख बढ्नेछ । खर्चमा कमी आउनेछ । हासविलासमा रुचि बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । समस्याको समाधान मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

कन्या – मिहीनेतले सफलता प्राप्त हुनेछ । वादविवादमा सफलता मिल्नेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । भागदौड बढ्ला । ख्याति फैलिनेछ । व्यस्तता बढ्नेछ ।

तुला – आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । भागदौड भने जारी रहला । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – मान महत्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ ।

धनु – शत्रुपक्ष पराजित हुनेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर – यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । सन्तानसुख रहनेछ । शुभ काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ – काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

मीन – स्वाथ्यप्रति सजग रहनुपर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रशन्न भैजानेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । आफन्तको सहयोग प्राप्त होला । जीवनसाथीको साथ प्राप्त होला ।