आजको पञ्चाङ्ग एवम् राशिफल (१५ कात्तिक २०७८ सोमबार, १ नोभेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ कात्तिक २०७८ सोमबार, १ नोभेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शरद ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ कार्तिक १५ गते सोमबार तद्अनुसार सन् २०२१ नोभेम्बर १ तारिख कार्तिक कृष्णपक्ष एकादशी तिथि ९ः३० पर द्वादशी तिथि पूर्वाफाल्गुणी नक्षत्र १०ः१६ पर उत्तराफाल्गुणी नक्षत्र ऐन्द्र योग कौलव करण आनन्दादिमा ध्वज योग चन्द्रमा सिंह राशिमा १६ः१४ पर कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१५ मा भयो र सूर्यास्त साँझ १७ः१८ मा हुनेछ ।

आजको राशिफल

मेष – कार्यमा गति आउनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता पनि बढ्ला । उत्साह थपिनेछ । आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । धनसम्पत्ति मान महत्व ऐश्वर्य अभिवृद्धि हुनेछन् । आयमूलक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।

बृष – मनमा दुविधाको भाव पैदा हुन सक्छ, तर सकारात्मक सोचका साथ कार्य गरे सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि हुनेछ । योजना र बजेट बनाई काम गर्नुहोला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।

मिथुन – समय शुभ छ । खर्चमा नियन्त्रण आउनेछ। धन वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । धैर्य र विवेकले काम गर्नु बेस होला । आरोग्यता बढ्नेछ ।

कर्क – खर्च तथा व्यस्तता बढ्नेछ । विलासमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । कार्यगति बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर रहला ।

सिंह – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । सुख आरोग्यता र सौभाग्य वृद्धि हुनेछ । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । रसरागका कार्यमा रुचि बढ्नेछ ।

कन्या – प्रेमपात्रसँग भेट भए पनि मनमुटावको भाव पैदा होला । आर्थिक कार्यमा भने सफलता मिल्नेछ । रोकिएका काम सम्पन्न हुनेछन् भने रोकिएको धन उठ्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ सहयोग मिल्नेछ ।

तुला – दौडधुप रहला । कार्यमा सफलता मिलिरहनेछ । समस्याको समाधान हुनेछ । प्रेममा सफलता प्राप्त होला । मित्रजन एवम् सन्तानको साथ मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ, तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।साझेदारीको काम बन्नेछ ।

वृश्चिक – सवारी साधनको प्रयोगमा विशेष सचेतना अपनाउनुपर्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । जोखिममा नपर्नु उचित होला ।

धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । आशा उत्साह बढ्ला । मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथीभाइको साथ मिल्नेछ । सुख आनन्द बढ्नेछ । वार्तामा सफलता मिल्ला । भोजभतेरमा भाग लिनुहुनेछ ।

मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । समृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – खेलकूद र भ्रमण कार्यमा आकर्षण बढ्नेछ । मित्रजनको साथले मन प्रफुल्ल रहनेछ । आयस्रोत पनि बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । सन्ततिसुख बढ्नेछ ।

मीन – दोडधुप हुनेछ तर कार्यसिद्धि होला । वार्तामा सफलता पाउनु हुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । राजकाज बन्नेछ ।