‘आज १२ देखि १ बजेभित्र अमृतबेला र ३ः३० देखि ४ः३० बजेभित्र शुभ समयमा नयाँ सामान किन्नु हितकर’
■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४१ श्रीसूर्योदक्षिणायने शरद ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ कार्तिक १६ गते तद् अनुसार सन् २०२१ नोभेम्बर २ तारिख मंगलबार कार्तिक कृष्णपक्ष द्वादशी तिथि ८ः३४ पर त्रयोदशी तिथि उत्तराफाल्गुणी नक्षत्र ९ः५८ पर हस्ता नक्षत्र वैधृति योग गर करण आनन्दादिमा धाता योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१६ मा भयो र सूर्यास्त साँझ १७ः१७ मा हुनेछ । प्रदोष व्रत, यमदीपदान, धन त्रयोदशी, धन्तेरस, धन्वन्तरी जयन्ती । १२ देखि १ बजेभित्र अमृतबेलामा र ३ः३० देखि ४ः३० बजेभित्र शुभ बेलामा नयाँ सामान किन्नु हितकर होला ।
आजको राशिफल
मेष – आरोग्यता र प्रशन्नता बढ्नेछ । उनन्ति हुनेछ । विवाद–बहसमा माथि परिनेछ । भाग्यवर्द्धक काम बन्नेछ । मान पुरस्कार मिल्नेछ । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्ततिसुख धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ ।
वृष – खर्चमा नियन्त्रण आउनेछ । शुभ कार्य बन्नेछ । व्यापारमा सफलता मिल्नेछ । यात्रा हुनेछ । सौभाग्य बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । मान महत्व आरोग्यता बढ्नेछ ।
मिथुन – सामान्य कामको लागि पनि दौडधुप धेरै गर्नुपर्ला । मिहीनेतका बाबजुद कार्यसिद्धिमा कठिनाइ उत्पन्न हुन सक्ने भएकोले विचार पर्याइ काम गर्नुहोला । ऋण, रोग र शत्रुसितको कुरामा सचेत रहनुहोला । नयाँ काममा सफलताको लागि विशेष ध्यान दिनपर्नेछ । जोखिम मोल्ने कार्यमा हात नहाल्नु बेस रहनेछ ।
कर्कट – धेरै परिश्रमले प्रगति हुनेछ । भागदौड वृद्धि होला । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । आफ्नै बल विवेकले कार्यसिद्धि होला ।
सिंह – मान महत्व पुरस्कार मिल्नेछ । उन्नतिपदोन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।
कन्या – प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला । सुख शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । सन्तान र मित्रजनको सहयोग मिल्नेछ । रसरागमा रुचि बढ्ला ।
तुला – धनको आगमन हुनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुकै भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।
वृश्चिक – लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ मिल्नेछ । मिठो भोजन प्राप्त होला ।
धनु – धर्मपथमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । धन मान महत्व बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ । सन्ततिसुख बढ्नेछन् ।
मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हासविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ ।
कुम्भ – यात्रामा बिघ्न पर्न सक्छ, विचा।र गर्नुहोला । धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मीन – जीवनसाथीसँग सम्बन्ध बढ्नेछ । आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।
प्रतिक्रिया