चार न्यायाधीश आक्रामक !

चार न्यायाधीश आक्रामक !



प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको मोर्चाबन्दीमा सामेल न्यायाधीशहरूमध्ये चार जना राणाविरुद्ध सर्वाधिक आक्रामक रहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । आक्रामक न्यायाधीशहरूमा प्रकाशमान सिंह रावत, हरिकृष्ण कार्की, मीरा खड्का र आनन्दमोहन भट्टराई रहेको सम्बद्ध सूत्रले जनाएको छ ।

आफ्नै प्रमुखविरुद्ध आक्रामक रहेका न्यायाधीशमध्ये प्रकाशमान सिंह रावत शेरबहादुर देउवाको कोटाबाट न्यायाधीश नियुक्त भएका हुन् भने हरिकृष्ण कार्की केपी ओलीको कोटामा परेका हुन् । तर कार्की यतिबेला ओलीसँग निकै टाढिएका छन् । संसद् विघटनसम्बन्धी मुद्दामा कार्कीको भूमिकासँग असन्तुष्ट रहेका केपी ओलीले सुवास नेम्वाङ र अग्नी खरेलमार्फत राजीनामा माग्नुभएको थियो । तर कार्की त्यसबेलादेखि राजीनामा दिनुभन्दा ओलीका विपक्षमा उभिन उचित हुने निष्कर्षमा पुगे ।

मीरा खड्का तटस्थ न्यायाधीशको कोटीमा गणना हुन्छिन् भने आनन्दमोहन भट्टराई इमानदार मानिए पनि वामपन्थी खेमासँग निकट भएको बुझिन्छ । उनीहरू ज्यादा आक्रामक रूपमा प्रस्तुत हुनुको वास्तविक रहस्य खुल्न सकेको छैन, यो र यस्ता घटनाले कालान्तरमा न्यायालय र न्यायाधीशप्रतिकै विश्वास र सम्मानमा क्षति पुऱ्याउने ठानिएको छ ।