संस्कृत भाषाको महत्व बुझाउन ‘मम भाषा संस्कृतम्’ सार्वजनिक

संस्कृत भाषाको महत्व बुझाउन ‘मम भाषा संस्कृतम्’ सार्वजनिक


स्वामी केशवानन्द गिरी (केएन स्वामी) को शब्द र गायक शिव परियारको स्वरमा ‘मम भाषा संस्कृतम्’ शीर्षकको गीत युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

ऋषिमुनिले सेवा गरेको एवं वेद, उपनिषद्को भाषा संस्कृत पछिल्लो समय नेपालमा ओझेलमा परेकाले गीतमार्फत् जनजागरणका लागि संस्कृत भाषामै गीत बनाएर सार्वजनिक गरिएको गीतकार केएन स्वामीले बताउनुभयो । जनभाषा, देवभाषा, मातृभाषा, हृदयभाषा, आत्मभाषाका बारेमा चेतना जगाउने उद्देश्यले गीत सार्वजनिक गरिएको जनाइएको छ । सरल संस्कृत शब्दमा रचना गरिएको गीत कर्णप्रिय छ ।

हिमालको काखमा ऋषिमुनिले सेवा गरेको, पाणिनीले संस्कृत व्याकरणअर्थात् अष्टाध्यायी रचना गरेको भूमि पनि नेपाल नै भएकाले यसको संरक्षण र संवद्र्धन गर्ने सन्देश गीतले दिएको छ । दृश्यसहितको गीत संस्कृत भाषाको महत्व थाहा पाउन चाहनेका लागि उपयोगी रहेको जनाइएको छ ।