प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान



मित्रराष्ट्र भारतका राष्ट्रपति रामनाथ कोविन्दद्वारा प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

नेपाल सरकारको निर्णयबमोजिम यही कार्तिक २३ गतेदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति शर्मालाई आज (कार्तिक २४) भारतको राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा राष्ट्रपति कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

नेपाली सेना र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहाद्र्ध सम्बन्धअनुरुप दुवै देशका सेनाप्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको नेपाली सेनाले जनाएको छ ।