नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार (३२ असार) पौडेलसहित ६ जना र १० वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो ।
व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पूर्वअर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विशेष अदालतको सूचनामा उल्लेख छ ।
पूर्वअर्थमन्त्री पौडेलमाथि रु २० करोड ९० लाख बिगो मागदाबी गरिएको छ । साथै विभागले उनको बैंक खातामा रहेको रु ६ लाख ३४ हजार जफत गर्नसमेत माग दाबी गरेको छ ।
प्रतिक्रिया