आजको पञ्चाङ्ग एवम् राशिफल (२७ कात्तिक २०७८ शनिबार, १३ नोभेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ कात्तिक २०७८ शनिबार, १३ नोभेम्बर २०२१)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ शरद ऋतु वि.सं. २०७८ कार्तिक २७ गते शनिबार तद्अनुसार सन् २०२१ नोभेम्बर १३ तारिख कार्तिक शुक्लपक्ष नवमी तिथि ९ः३९ पर दशमी तिथि शतभिषा नक्षत्र ध्रुव योग तैतिल करण आनन्दादिमा आनन्द योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२४ मा भयो र सूर्यास्त साँझ १७ः११ मा हुनेछ । कुष्माण्डनवमी ।

आजको राशिफल

मेष – सार्थक कार्यमा रुचि बढ्नेछ तर दैनिक कार्यमा केही ब्यवधान पैदा भएको अनुभूति होला । तथापि, रमाइलो धार्मिक यात्रा हुनेछ । बल, बुद्धि, सामर्थ्य आदि बढ्नेछन् । ऐश्वर्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । ऋण, रोग र शत्रुसित लड्ने आत्मबल बढ्नेछ । समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ ।

वृष – सानातिना काममा अल्झनुपरे पनि कार्यमा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव पर्नुका साथै मान बढ्नेछ । खेलकुद, भ्रमण तथा आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछन् ।

मिथुन – सामाजिक कार्यबाट प्रशंसा मिल्ला । अधुरा काम बन्ला, नयाँ कार्य शुरु होला । भागदौड बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभता र यात्रासित सम्बन्धित कार्य बन्नेछन् । मान महत्व बढ्नेछ । नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह बढ्नेछ । सुख समृद्धि बढ्नेछ ।

कर्कट – पछि फल पाइने कार्यको शुरुआत होला । प्रयत्नले धन कमाउने योग छ । समय मिश्रित फलदायक छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रोकिएको धन प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । जोखिममा नपर्नु हितकर रहला ।

सिंह – वादविवादमा पर्ने सम्भावना रहेकोले सोचविचार गरी विचार गर्नुहोला । दाम्पत्यसुख शान्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सुखसन्तति बढ्नेछ । लगानी उठ्ला । मान पुरस्कार मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या – समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुपर्ला । धनको आगमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला – रसरागमा आकर्षण बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्ततिसुख रहला । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।

वृश्चिक – मनमा खिन्नताको भाव पैदा हुन खोजे पनि त्यसलाई नियन्त्रणमा लिनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । आशा उत्साह बढ्ला ।

धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य शिद्धि हुनेछ । मित्रजन एवम् सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा रुचि बढ्ला ।

मकर – आफ्नै कारणले खिन्नता र असन्तोषको भाव पैदा हुन सक्छ । सकारात्मक सोच राखेर काम गर्नुहोला । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । मान बढ्नेछ । घुमफिर वा यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – खर्चमा नियन्त्रण आउनेछ । आरोग्यतामा वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति विशेष सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन – नियमित काममा सफलता मिल्नेछ । सन्ताको स्वास्थ्यप्रति चिन्ता रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै विलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ । भ्रमण होला । वार्तामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । साझेदारीको काम बन्नेछ । आयस्रोत बढ्ला ।