आजको पञ्चाङ्ग एवम् राशिफल (२८ कात्तिक २०७८ आइतबार, १४ नोभेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ कात्तिक २०७८ आइतबार, १४ नोभेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर शरद ऋतु वि.सं. २०७८ कार्तिक २८ गते तद्अनुसार सन् २०२१ नोभेम्बर १४ तारिख आइतबार कार्तिक शुक्लपक्ष दशमी तिथि ९ः३ पर एकादशी तिथि पूर्वाभाद्रपद नक्षत्र व्याघात् योग पर हर्षण वणि करण आनन्दादिमा चर योग चन्द्रमा कुम्भ राशिमा १३ः५७ पर मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२५ मा भयो र सूर्यास्त साँझ १७ः१० बजे हुनेछ । विश्व मधुमेह दिवस ।

आजको राशिफल

मेष – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मनमा खिन्नता बढ्न सक्छ, तर मनग्गे कमाइ हुने दिन छ । प्रयासरत काम बन्नेछ । पारिवारिक सुख बढ्नेछ, आफन्तको साथ प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रोकिएको काम बन्नेछ । यश ख्याति फैलिनेछ ।

वृष – स्वास्थ्य बिग्रन सक्छ । अरुको भर नपर्नुहोला । बौद्धिक कार्यले लाभ मिल्ला । धन यश मान महत्व आरोग्यता बढ्नेछन् । शुभ र भाग्यवद्र्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मिथुन – बन्न लागेको काम बिग्रन सक्छ । टाढाको साथीसँग भेट हुँदा प्रशन्नता बढ्ला । भागदौड व्यस्तता बढ्नेछ । खर्च पनि बढ्ला । जोखिममा नपर्नु हितकर हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । सुखको कर्ममा प्रवृत्ति बढ्नेछ । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछन् । गीत-संगीतमा आकर्षण बढ्नेछ ।

कर्कट – आर्थिक कार्यमा सफलता मिल्ला । धार्मिक कार्यमा उन्नति पदोन्नति हुनेछ । अन्नधन बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । मान महत्वमा कमी आउने छैन । विलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा समर्थ रहनुहुनेछ ।

सिंह – उपलब्धिमूलक रमाइलो यात्रा होला । आशा उत्साह बढ्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । ऐश्वर्य बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – घरगृहस्थीमा समस्या आउन सक्छ । धन नास हुनेमा विचार राख्नुहोला । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । विकासको काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला । साहस बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनले साथ दिनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला – मुद्दा-मामिलामा विजयी बनिएला । नयाँ योजा कार्यान्वयनमा ल्याउन प्रयत्न गर्नुहोला । शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थयमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – काम बनेर मन प्रशन्न रहला । धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । सुख सुविधाको वस्तु खरिद गर्नुहुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – नसोचिएको ठाउँबाट लाभ मिल्ला । बोलीको प्रभाव बढ्ला । सुख सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – खर्चमा होश पुऱ्याउनुहोला । आम्दानीमा कमी आउनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्व पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकीय काम गर्नु बेस रहला । आयस्रोत बढ्ला ।

कुम्भ – पाहुनाको आगमन होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवद्र्धधक काममा सफलता पाउनुसँगै मित्रजन र सन्तानबाट सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – अचानक उपहार मिल्न सक्छ । आफ्नो महत्वपूर्ण योजना गुप्त राख्नुहोला । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।