■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७८ मार्गशीर्ष ३ गते तद्अनुसार सन् २०२१ नोभेम्बर १९ तारिख शुक्रबार कार्तिक शुक्लपक्ष पूर्णिमा तिथि कृतिका नक्षत्र परिघ योग बालब करण आनन्दादिमा छत्र योग चन्द्रमा मेष राशिमा ८ः२२ पर वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२९ मा भयो र सूर्यास्त साँझ १७ः८ बजे हुनेछ । कार्तिकस्नान ब्रत समाप्ति । निम्बार्काचार्य जयन्ती, गुरुनानक जयन्ती । विश्व शौचालय दिवस ।
आजको राशिफल
मेष – बाध्यतामा काम गर्नुपर्ला । रोगले पनि सताउन सक्छ । तथापि पारिवारिक सुख बढ्नेछ भने आफन्तको साथ प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।
वृष – प्रेमको प्रसङ्ग सुखद रहला । समर्थकहरू बढ्नेछन् । धन यश मान महत्व आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्र्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मिथुन – प्रयत्नले लक्ष्यमा पुर्याउने हुँदा प्रयास जारी राख्नुपर्ला । व्यस्तता बढ्नेछ । आँट उत्साह बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । सुखको कर्ममा प्रवृत्ति बढ्नेछ । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछन् ।
कर्कट – टाढाको यात्राको योग छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुपर्ला । मान महत्वमा कमी आउनेछैन । उन्नति हुनेछ । आयस्रोत वृद्धि हुनेछ । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । विलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा समर्थ रहनुहुनेछ ।
सिंह – खर्च बढ्नेछ । कार्ययोजनाबारे अन्योलता रहन सक्छ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । सुख सम्पदा बढ्ला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – सोचअनुसारका काममा व्यवधान आइपरे पनि प्रयास गरेका काममा लाभ मिल्ला । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । विकासको काममा प्रवृत्ति बढ्ला । साहस बढ्नेछ । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनले साथ दिनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
तुला – आर्थिक कार्य फलदायी हुनेछ । शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – आर्थिक लाभ हुने योग छ । धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । विजयश्री प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । भ्रमणमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य गर्दा बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – सहयोगको आशा देखाउनेहरूबाट धोका मिल्न सक्छ । विचार पुर्याएर काम गनुृहोला । अर्काको भर नपर्नु नै उत्तम हुनेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन उठ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । प्रेममा सफलता प्राप्त होला ।
मकर – जागिरमा समस्या आउन सक्छ । मान्यजनको सुझावविपरीत मन जान सक्छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य भने बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकीय काम गर्नु बेस रहला । आयस्रोत बढ्ला ।
कुम्भ – दाम्पत्य जीवन सुखद रहला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसँगै सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । यात्रामा सफलता प्राप्त होला ।
मीन – दीगो फाइदाको कार्य शुरु हुन सक्छ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।
प्रतिक्रिया