आजको पञ्चाङ्ग एवम् राशिफल (१३ मंसिर २०७८ सोमबार, २९ नोभेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ मंसिर २०७८ सोमबार, २९ नोभेम्बर २०२१)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ मार्गशीर्ष १३ गते सोमबार तद्अनुसार सन् २०२१ नोभेम्बर २९ तारिख मार्गशीर्ष कृष्णपक्ष दशमी तिथि उत्तराफाल्गुणी नक्षत्र प्रीतियोग वणिकरण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३७ मा र सूर्यास्त साँझ १७ः६ मा हुनेछ । गुह्येश्वरी यात्रा ।

आजको राशिफल

मेष – समयमै होस नपुग्दा चुनौतीको सामना गर्नुपर्ला । समस्याप्रति गम्भीर नबन्दा मौका गुम्न सक्छ । खर्चको योग छ । तथापि बल, बुद्धि, शक्ति, सामर्थ्य आदि वृद्धि हुनेछ । ऐश्वर्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ भने खेलकूद र भ्रमण कार्यमा आकर्षण बढ्ला । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – आलोचकहरूले सताउन सक्छन् । सहयोगको आशा देखाउनेबाटै धोका हुन सक्छ । तथापि आफ्नै प्रयत्नले कार्यमा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । मान बढ्नेछ । खेलकुद, भ्रमणमा तथा आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । सन्ततिसुख बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछन् ।

मिथुन – साझेदारकिो काममा लाभ होला । धेरैको मन जित्न सकिने छ । वार्तामा सफलता मिल्नेछ । दौडधुप बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभता र यात्रासित सम्बन्धित कार्य बन्नेछन् । मान र महत्व बढ्नेछ । नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह बढ्ला सुख समृद्धि थपिनेछ ।

कर्कट – दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफ्नो क्षेत्रमा प्रभुत्व बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रोकिएको धन प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । जोखिममा पर्नुबाट जोगिने प्रयत्न गर्नु हितकर हुनेछ ।

सिंह – समय मिश्रित फलदायक छ । खर्च बढ्ला । आरोप लाग्न सक्छ । स्वास्थ्यमा विचार पुर्याउनुहोला । दाम्पत्यसुख र शान्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । लगानी उठ्ला । शुभ र भाग्यबर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या – नयाँ अवसरले उत्साह जगाउला । व्यापारमा लाभ होला । समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ । धनको आगमन भैरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला – आम्दानी वृद्धिका लागि थप परिश्रम आवश्यक पर्ला । परिवारका आवश्यकता पूर्ति गर्न सकिनेछ । रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

वृश्चिक – बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्नुहुनेछ । अरुका काममा महत्वपूर्ण समय बित्नेछ, तर परसेवाले सन्तुष्टि दिलाउनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य बृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । आशा उत्साह बढ्ला ।

धनु – मिहेनतले दिन सार्थक बन्नेछ । होसियारी अपनाउनुहोला । पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । धन सम्पत्ति बढ्नेछ ।

मकर – जथाभावी बचन दिनु घातक हुनेछ । पैतृक सम्पत्तिबाट लाभ पुग्ला । सुख सम्पन्नता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयबर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नु हुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – उठ्नुपर्ने रकम हात पर्ला । चिताएको कार्यले लाभ दिलाउनेछ । आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन – अरुलाई प्रभावित पारेर काम निकाल्न सक्नुहुनेछ । नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । सुख आनन्दक बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ । भ्रमण होला । वार्तामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला ।