आजको पञ्चाङ्ग एवम् राशिफल (१८ मंसिर २०७८ शनिबार, ४ डिसेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ मंसिर २०७८ शनिबार, ४ डिसेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ मार्गशीर्ष १८ गते शनिबार तद्अनुसार सन् २०२१ दिसम्बर ४ तारिख मार्गशीर्ष कृष्णपक्ष अमावश्या तिथि अनुराधा नक्षत्र सुकर्म योग किंस्तुघ्न करण आनन्दादिमा अमृत योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५ मा भयो र सूर्यास्त साँझ १७ः६ मा हुनेछ । दर्शश्राद्ध, हलो तथा निशि बार्ने ।

आजको राशिफल

मेष – समय अनुकुल भए पनि ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ । धन खर्च होला । ग्रहगोचरको प्रभावस्वरुप हासविलासमा आकर्षण बढ्ला । रोकिएका काम बन्नेछ । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । धनको आवागमन भइरहला । आजको दिन अरुको भर पर्नु उचित हुँदैन । जोखिम मोल्ने काम नगर्नु हितकर रहला ।

वृष – खर्चको मात्रा बढ्न सक्छ । काममा बाधा आउला । आरोग्यता, आयश्रोत र अन्नधन भने वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । आफन्तसुख बढ्नेछ । सुखसुविधाको वस्तुमा खर्च होला । दौडधुप रहला । व्यर्थको झन्झटबाट छुटकारा मिल्नेछ । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । विशेष गरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहनेछ । मनोकूलको काम बनेर मन प्रशन्न होला । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – भाग्योदय हुनेछ । आँट उत्साह थपिनेछ । साहसिक कार्यमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । सहयोगको आशा देखाउनेले धोका दिन सक्छ । यात्रामा भने सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम पनि बन्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ । रोकिएको काम बन्ला । ख्याति फैलिनेछ ।

कर्कट – नयाँ कामको प्रस्ताव आए पनि हिम्मत नपुग्दा लाभ निमिल्ने देखिन्छ । मिठो भोजन प्राप्त होला । आर्थिक प्रगतिसँगै यश गौरवमा बढोत्तरी होला । वार्तामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम, यात्रापरक कार्य आदि क्षेत्रमा सफलता मिल्नेछ । गीतसंगीत रसराग प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा रुचि रहनेछ । ख्याति फैलिनेछ ।

सिंह – कठोर मिहीनेतले रोकिएका काममा सफलता मिल्नेछ । मान सम्मान मिल्नेछ । शत्रु पराजित हुनेछ । शुभ र भाग्यवर्द्धक काममा केन्द्रित रहनु हीतकर होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । भोग विलासको अवसर जुर्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुने छैन ।

कन्या – विशिष्ट व्यक्तित्वसँग सम्बन्ध होला । आयस्रोत र आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । सन्तानसुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ । सुख शयल विलासमा आकर्षण बढ्ला ।

तुला – धैर्य र निरन्तरको प्रयत्नले लाभ मिल्नेछ । विभिन्न अवसरहरू आउनेछन् । कार्ममा सफलता मिल्नेछ । आफन्त सुख बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । उन्नतिपदोन्नति हुनेछ । समस्याको समाधान मिल्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । उन्नति हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । ख्याति फैलिनेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।

वृश्चिक – मनोकूलको काम बन्नेछ । आयस्रोत बढ्ला । रोकिएको धन उठ्नेछ । यश वर्चश्व बढ्ला । दायित्वलाई पूरा गर्नुहुनेछ । नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । विकासको सम्भावना देखा पर्नुसँगै आशा उत्साह पनि वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नु बेस होला ।

धनु – लगनशीलताले राम्रै उपलब्धि हासिल होला । परिवारजनका आवश्यकता पूर्ति हुनेछ । लगानी र खर्च बढ्नेछ । खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाइ काम गर्नुहोला । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु हीतकर होला ।

मकर – शक्तिशाली व्यक्तिहरूसँग प्रतिष्पर्धा हुन सक्छ । दिन शुभ फलदायक रहेकोले विजय मिल्नेछ । आयस्रोत वृद्धि हुनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्व पूरा गर्नुहुनेछ । आर्थिक कार्य बन्नेछ ।

कुम्भ – आलस्यका कारण अवसर गुम्न सक्छ, विचार गर्नुहोला । प्रेममा सफलता मिल्छ तर धन नास हुन सक्छ । यात्रापरक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । सार्बजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला । शुभ समाचार मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । रोकिएको काम बन्नेछ ।

मीन – अरुको भर पर्दा काम रोकिन सक्छ, तर प्रयत्न गर्दा सफल होइने योग छ । विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । शुभ काम बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख सौभाग्यमा बढ्नेछ । मान महत्वमा बढोत्तरी हुनेछ । लगानी उठला । अन्नधन बढ्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । प्रेममा सफलता प्राप्त होला । सन्तानसुख बढ्ला ।