आजको पञ्चाङ्ग एवम् राशिफल (२० मंसिर २०७८ सोमबार, ६ डिसेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० मंसिर २०७८ सोमबार, ६ डिसेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ हेमन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ मार्गशीर्ष २० गते सोमबार तद्अनुसार सन् २०२१ दिसेम्बर ६ तारिख मार्गशीर्ष शुक्लपक्ष द्वितीया तिथि ९ः९ पर तृतीया तिथि मूल नक्षत्र ८ः३७ पर पूर्वाषाढ़ा नक्षत्र गण्ड योग तैतिल करण आनन्दादिमा लुम्ब योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४२ मा र सूर्यास्त साँझ १७ः७ मा हुनेछ ।

आजको राशिफल

मेष – आफ्ना कमजोरीप्रति आफ्नैले आलोचना गर्न सक्छन् । भाग्यले भने साथ दिनेछ । मनोकूलको काम बन्नेछ । नयाँ काममा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । आयमूलक काममा सफलता मिल्नेछ । मित्रजनको साथ मिल्नेछ ।

वृष – कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिएलान् । मान महत्व बढ्ला । शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि होला । शुभकाममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु उचित होला ।

मिथुन – समय शुभ छ । साथीभाइबाट लाभ उठाउन सकिएला । हिम्मतले काम बन्नेछ । धन सम्पत्ति बढ्नेछ । खर्चमा नियन्त्रण आउनेछ । रसरागमा आकर्षण बढ्नेछ । धैर्य र विवेकले काम गर्नु बेस होला । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट – खर्च तथा व्यस्तता बढ्नेछ, तथापि हितैषी मित्रले साथ दिनेछन् । गोपनियतामा ख्याल राख्नुपर्ला । हांसविलासमा रुचि बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । कार्यगति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर रहला ।

सिंह – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ, तर खानपानमा ध्यान राख्नुपर्नेछ । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । सुख–सुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ ।

कन्या – विशेष उपहार हात पर्न सक्छ । नयाँ काममा हात हाल्ने बेला आएको छ । आर्थिक कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसंगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

तुला – प्रेम र मित्रताको सम्बन्ध कसिने छ । नसोचेको ठाउँबाट धनलाभ होला । यात्राको योग रहेको छ । सुख आनन्द बढ्ला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला ।

वृश्चिक – धनमान हराउने या ठगीमा परिने सम्भावना छ । इर्ष्या गर्नेले धोका दिन सक्छन् । विलासितामा धन खर्च होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । जोखिममा नपर्नु उचित होला ।

धनु – आम्दानी भन्दा खर्च ज्यादा होला र पनि साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । भाग्यबर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथिभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । पराक्रम वृद्धि होला । आयातनिर्यातसित सम्बन्धित काम बन्ला । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । भोजभतेरमा भाग लिनु हुनेछ ।

मकर – मित्रजनमा वैरभाव बढ्न सक्छ, ध्यान राख्नुहोला । यसका बाबजुद विगतका कमजोरी सच्याउने बेला आएको छ । भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा बृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । यात्रा र सवारी साधनमा विशेष सावधानी अपनाउनुपर्ला । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सन्ततिसुख बढ्नेछ । मित्रमिलन हुनेछ । मिठो भोजन खान पाउनु हुनेछ । धनसम्पत्ति मान महत्व ऐश्वर्य अभिवृद्धि हुनेछन् ।

मीन – स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ । अप्ठ्यारा कामको बोध पनि थपिन सक्छ । खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । राजकाज बन्नेछ ।