आजको पञ्चाङ्ग एवम् राशिफल (२१ मंसिर २०७८ मंगलबार, ७ डिसेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ मंसिर २०७८ मंगलबार, ७ डिसेम्बर २०२१)



अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ श्री सूर्योदक्षिणायने हेमन्त ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ मार्गशीर्ष २१ गते तद् अनुसार सन् २०२१ दिसम्बर ७ तारिख मंगलबार मार्गशीर्ष शुक्लपक्ष तृतीया तिथि ६ः५६ पर चतुर्थी तिथि पूर्वाषाढ़ा नक्षत्र ७ः६ पर उत्तराषाढ़ा नक्षत्र वृद्धि योग वणिकरण आनन्दादिमा मित्रयोग चन्द्रमा १२ः४४ बजेसम्म धनु राशिमा त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४३ मा भयो र सूर्यास्त साँझ १७ः७ मा हुनेछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ।

आजको राशिफल

मेष – अरुको काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यवसायिक कार्यमा खर्च बढ्नेछ । रोकिएको काम बन्ने योग छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । मिठो भोजन मिल्नेछ । साहसिक कार्यमा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला ।

वृष – आयआर्जन राम्रै होला । शुत्रमाथि जित होला । यात्राको योग छ । पूर्वार्द्ध खासै राम्रो नरहे पनि उत्तरार्द्धदेखि सुख बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । इष्टमित्र र सन्तानसुख मिल्नेछ । सौभाग्य बढ्नेछ । मिठो भोजन प्राप्त होला । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । मान महत्व आरोग्यता बढ्नेछन् । खर्चमा नियन्त्रण आउनेछ ।

मिथुन – सहयोगीको भर पर्दा काम बिग्रन सक्छ, तर आर्थिक लाभ हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । भागदौड बढ्नेछ । मिहीनेत वृद्धि हुनेछ । ऋण, रोग र शत्रुसितको कुरामा अनुकूलता आउनेछ । नयाँ काममा सफलताको लागि विशेष ध्यान दिनुपर्ला ।

कर्कट – स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । रुपैयाँ पैसा हराउन सक्छ, सावधान रहनुहोला । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । बल विवेकले काम बन्नेछ ।

सिंह – व्यवसायमा लाभ वृद्धि होला । धन बढ्नेछ । मानमा ठेस लाग्न सक्छ, विचार गर्नुहोला । बौद्धिक र रचनात्मक काम बन्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कन्या – दाम्पत्यसुख बढ्नेछ । परोपकारका काममा समय बित्ला । आरोग्यता बढ्नेछ । काममा सफलता प्राप्त हुनेछ । सुख शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र, सफलता पनि मिल्नेछ । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ ।

तुला – सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । रोकिएका काम बन्नेछन् । धनको आगमन भइरहनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – सानातिना घरेलु कार्यमा समय बित्न सक्छ । काममा बाधा होला । धेरै मिहेनत गरे पनि प्रतिफल भने थोरै हात पर्ला । यात्रामा सफलता मिल्नेछ । लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ला । शत्रुसित लड्ने क्षमता भने बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ ।

धनु – समस्याप्रति गम्भीर नबन्दा काम बिग्रन सक्छ । पठनपाठनमा भने प्रगति रहला । धर्मपथमा सफलता मिल्नेछ । उन्नति हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । मित्रजनको सहयोग मिल्नेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ । सुख सन्तति बढ्नेछन् ।

मकर – खर्च र लगानी बढ्ला । साझेदारीमा फाइदा हुनेछ । अरुको वषयमा चासो दिँदा विवादमा परिएला, विचार गर्नुहोला । धोखाको सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु विशेष अनुकुल रहनेछ । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ – परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न होला । नगरेको गल्तीमा अपजश मिल्न सक्छ । सहयोगको आशा गरिएकाहरूबाटै धोका हुन सक्छ । आफ्नै कमजोरीले मित्रहरू टाढिन सक्छन् । व्यस्तता बढ्नेछ । यात्रा होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । सवारीमा सावधानी अपनाउनुहोला । आश्वासन दिनेले झुक्याउन सक्छ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । हांसविलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।