आजको पञ्चाङ्ग एवम् राशिफल (२३ मंसिर २०७८ बिहीबार, ९ डिसेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ मंसिर २०७८ बिहीबार, ९ डिसेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ मार्गशीर्ष २३ गते बिहीबार तद्अनुसार सन् २०२१ दिसम्बर ९ तारिख मार्गशीर्ष शुक्लपक्ष षष्ठी तिथि धनिष्ठा नक्षत्र ब्याघ्यात योग कौलव करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा मकर राशिमा १६ः१७ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः४४ मा भयो र सूर्यास्त साँझ १७ः७ मा हुनेछ । अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस ।

आजको राशिफल

मेष – श्रमको उचित मूल्य मिल्ने देखिँदैन । इर्ष्या गर्नेले दुःख दिन सक्छन् । सार्वजनिक कार्यमा सफलता प्राप्त हुनेछ । नियमित कर्ममा प्रवृत्ति बढ्नेछ । इष्टमित्र सन्तान आदिको सहयोग प्राप्त हुनेछ । आर्थिक कर्ममा प्रवृत्त रहनुहुनेछ । बौद्धिक र सृजनात्मक काम होला । रोकिएको काममा सफलता हासिल हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । भ्रमणमा आकर्षण बढ्ला ।

वृष – सरसापटमा धन खर्च होला । दीगो आम्दानी बढाउने काममा लगानी हुनेछ । सरल जीवनशैलीले अर्काको मन जितिएला । विभिन्न अवसर मिले पनि मौकाको फाइदा उठाउन चुक्न पनि सकिनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै सुखशान्ति समृद्धि पनि प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभ काममा सफलता प्राप्त होला । मान बढ्ला । विजय प्राप्त हुनेछ ।

मिथुन – प्रतिभाको कदर होला । अर्काको मन जितिनेछ । प्रेममा सफलता र सुख प्राप्त हुनेछ । इष्टमित्र, सन्तानको सुख प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । रचनात्मक र बौद्धिक क्षमता बढ्नेछ । विलासमा आकर्षण बढ्नेछ ।

कर्कट – भाग्योन्नतिको समय छ । प्रशस्त धन लाभ होला । व्यस्तता बढ्नेछ । ऋण रोग र शत्रुप्रति ध्यान राख्नुपर्ला । मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हीतकर रहनेछ ।

सिंह – अवसर आए पनि मौकामा लाभ उठाउन नसक्दा मन खिन्न होला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । मिठो भोजन भने प्राप्त हुनेछ । प्रेममा सफलता हासिल हुनेछ । इष्टमित्र र सन्तानको साथ प्राप्त हुनेछ । खर्चमा कमी आउनेछ । विलासमा रुचि बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

कन्या – परिवारजनको सहयोगमा काम बन्नेछ । मान–सम्मान मिल्ला । मिहीनेतले सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । ख्याति फैलिनेछ । व्यस्तता बढ्नेछ ।

तुला – सामाजिक कार्यमा रुचि बढ्ला । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ । उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । मित्रजन सुख सन्तति बढ्नेछन् । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ

वृश्चिक – आश्वासन दिएर धोका दिनेहरुप्रति सचेत रहनुपर्ला । आज विशेष उपहार प्राप्त हुन सक्छ । धनलाभ होला । मान महत्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । सन्तान सुख बढ्ला ।

धनु – स्वास्थ्यमा ध्यान राख्नुहोला । काममा अवरोध आउँदा मन खिन्न रहन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक प्रगति हुनेछ । आफन्तको सहयोग र समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला ।

मकर – कामले अरुलाई प्रभावित पार्न सक्नुहनेछ, तर शत्रुको चलखेल बढ्नाले चुनौती भने थपिन सक्छ । यात्रामा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तानसुख बढ्ला । मिठो भोजन मिल्नेछ । मान महत्व बढ्ला ।

कुम्भ – आश मारेको काममा सफलता पनि मिल्नेछ । समस्याको समाधान मिल्नेछ । मीठो बोलीको माध्यमले अरुको मन जित्नुहुनेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुखशान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

मीन – सन्तानको सहयोगमा काम बन्ला । स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रशन्न हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । आफन्त र जीवनसाथीको साथ प्राप्त होला ।