■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक सम्वत्सर हेमन्त ऋतु वि.सं.२०७८ मार्गशीर्ष २५ गते तद्अनुसार सन् २०२१ दिसम्बर ११ तारिख शनिबार मार्गशीर्ष शुक्लपक्ष अष्टमी तिथि पूर्वाभाद्रपद नक्षत्र वज्र योग भद्रा करण आनन्दादिमा काल योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः४६ मा भयो र सूर्यास्त साँझ १७ः८ बजेमा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।
आजको राशिफल
मेष – आय वृद्धि होला । सोचेका काममा सफलता मिल्नेछ । दिन खुशीका साथ बित्नेछ । सुख समृद्धि बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आँट उत्साह बढ्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । मान मिल्नेछ । धनसम्पत्ति बढ्नेछ । सुख शान्ति बढ्ला । साझेदारीको काम बन्नेछ । ख्याति फैलिनेछ ।
वृष – टाढाको यात्रा हुन सक्छ । दिन रमाइलो रहने छ । शुभ समय छ । नयाँ काममा सफलता प्राप्त होला । धनको आगमन भइरहने छ । विलासमा आकर्षण बढ्नेछ । दौडधुप बढ्नेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन प्राप्त हुनेछ ।
मिथुन – अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि कमजोर रहला । कमजोर स्वास्थ्यका कारण कार्य अधुरो रहला । व्यस्तता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । आकस्मिकता रहनेछ । परिश्रमले सफलता पाउनुहुनेछ ।
कर्कट – प्रतिष्ठा अभिवृद्धि हुनेछ । काम गरेअनुसार फल भने कमै मिल्ने मिल्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । शुभ काममा लाग्नु हितकर हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । जोखिम मोल्ने कार्य नगर्नुहोला । व्यस्तता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । धनको आवागमन भैरहनेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।
सिंह – सुख शान्ति र समृद्धि बढ्नेछ । नयाँ काममा हात हाले सफलता मिल्नेछ । आरोग्यताका साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।
कन्या – खुशीले दिन बित्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । सन्तानको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ । मान महत्व बढ्ला । आर्थिक काममा सफलता भेट्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
तुला – कुरा काट्नेहरू बढ्नेछन् । मान्यजन रुष्ट हुन सक्छन्, सावधान रहनुहोला । हातहतियारबाट जोगिएर काम गर्नुहोला । समय जोखिमपूर्ण कार्यमा रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । अरुको भर नपर्दा शुभ होला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । मिठो भोजन मिल्नेछ । जोखिम बढ्न सक्छ तर गोप्य काम बन्नेछ । आरोग्यतामा ध्यान दिनुहोला । विवादमा नपर्नु हीतकर रहला ।
वृश्चिक – आलश्य महसूस होला । झमेलामा पर्नुबाट सकभर पन्छिनु बेस हुनेछ । हानी पुर्याउन नसके पनि काममा बाधा दिन खोज्नेहरू सक्रिय हुन सक्छन् । यसका बाबजुद धनमान मिल्ने योग छ । नयाँ सम्भावना देखा पर्ला । दायित्व बढ्ला र दायित्व पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । यात्रापरक कार्यमा सफल हुनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।
धनु – अधुरा काम बन्नेछन् । सामाजिक उत्तरदायित्व हासिल होला । धन मान साहस बढ्नेछ । आयस्रोत बढ्नेछ, लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनु हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।
मकर – दिन राम्रै छ । आम्दानीको नयाँ स्रोत प्राप्त होला । सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला ।
कुम्भ – धन नाश हुने र भाग्यले साथ दिने छैन । विगतमा गरेका गल्तीले तनाव महसूस हुन सक्छ । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत हुनु पर्नुछ ।
मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । कार्यहरू सन्तोषजनक ढङ्गले अघि बढ्नेछन् । कृषि र पशुपालनबाट लाभ मिल्नेछ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ । अन्नधन बढ्नेछ ।
प्रतिक्रिया