एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डरमा पुनः उपासना

एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डरमा पुनः उपासना


  • राजन घिमिरे

एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड ऐम्बेस्डरमा अभिनेत्री उपासना सिंह ठकुरी नियुक्त भएकी छन् । युवा पुस्ताकी चर्चित यीअभिनेत्रीलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरले यसअघि पनि एक वर्षका लागि आफ्नो संस्थाको ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको थियो ।

काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमबीच संस्थाका कम्प्लाइन्स म्यानेजर नवराज प्रसाईंले युवा पुस्तामाझ उपासनाको क्रेज र विद्यार्थीहरूबीच संस्थाको बारेमा उपासनाले गरेको सकारात्मक प्रवाहका कारण उनलाई पुनः ब्राण्ड एम्बस्डरको रूपमा नियुक्त गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा संस्थाका ब्यवस्थापक संयोजक ईश्वरराज मैनालीले एजुकेशन एण्ड माइग्रेसन कर्नरलाई अभिनेत्री उपासनाको आवद्धताले उचाई प्रदान गरेकोमा प्रशन्नता ब्यक्त गरे ।

सो अवसरमा अभिनेत्री उपासना सिंहले आफूलाई विश्वास गरेर संस्थाले पुनः ब्राण्ड एम्बस्डरको रूपमा नियुक्त गरेकोमा खुशी ब्यक्त गरिन् । ‘संस्थाले ममाथि गरेको विश्वासलाई म डगमगाउन दिन्नँ ।’ उनले विभिन्न देशमा गएर उच्चशिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूलाई सहयोगीको रुपमा एजुकेसन एण्ड माइग्रेसन कर्नरलाई छान्न आग्रह समेत गरेकी छन् ।

एजुकेसन एण्ड माइग्रेसन कर्नर अष्ट्रेलिया, सिड्नी निर्देशक सुनिल उप्रेतीले संस्थामा उपासना सिंहको पुनः आवद्धता विद्यार्थीहरूकै माग र चाहनाको परिणाम भएको बताए । आफूले पाएको जिम्मेवारी निभाउने मामिलामा सधैं अग्रसर हुने उपासनाको कर्मठ आदतका कारण पनि उनलाई पुनः ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरिएको उनको भनाइ थियो ।

यसैबीच संस्थाले विद्यार्थीहरूका लागि शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । जानकारी दिइएअनुसार आगामी पौष ७ मा काठमाडौं, पौष ९ पोखरा, पौष ११ इटहरी ,पौष १२ दमक, पौष १३ बिर्तामोड, पौष २३ हेटौँडा, पौष २४ चितवन र पौष २५ गते बुटवलमा शैक्षिक मेलाको आयोजना गरिने छ ।