आजको पञ्चाङ्ग एवम् राशिफल (२६ मंसिर २०७८ आइतबार, १२ डिसेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ मंसिर २०७८ आइतबार, १२ डिसेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ मार्गशीर्ष २६ गते आइतबार तद्अनुसार सन् २०२१ दिसम्बर १२ तारिख मार्गशीर्ष शुक्लपक्ष नवमी तिथि उत्तराभाद्रपद नक्षत्र सिद्ध योग बालब करण आनन्दादिमा स्थिर योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४६ मा र सूर्यास्त साँझ १७ः८ मा हुनेछ । धनगढी दुर्गाजाँत तथा डोटी पोखरीजाँत, पाङ्गा वैष्णवीदेवी यात्रा । अन्तर्राष्ट्रिय तटस्थ दिवस ।

आजको राशिफल

मेष – विशिष्ट व्यक्तित्वको प्रभाव रहला । धर्मकर्ममा रुचि रहला । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ । धन खर्च हुनेछ । ग्रहगोचरको प्रभावस्वरुप हासविलासमा आकर्षण बढ्ला । भागदौड बढ्नेछ । खेलकूद भ्रमणमा रुचि बढ्नेछ । शैक्षिक र रचनात्मक काममा आंशिक प्रगति मिल्नेछ । धनको आवागमन भैरहने छ । अरुको भर पर्नु उचित नहोला ।

वृष – कुरा काट्नेहरूको कमी हुने छैन । आरोग्यता र आयस्रोत बढ्नेछ । आफन्तसुख बढ्नेछ । सुखसुविधाको वस्तु हासिल होला । व्यर्थको झन्झटबाट छुटकारा मिल्ला । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । जोखिममा नपर्नु हितकर रहला । विशेष गरी पारिवारिक क्षेत्रसित सम्बन्धित काम बन्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – थकानको अनुभव होला । स्वास्थ्यप्रति सचेत रहनुपर्नेछ । यसका बाबजुद उन्नति हुनेछ । साहसिक कार्यमा रुचि बढ्ला । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । सुख समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ ।

कर्कट – मनग्गे धन कमाउने योग छ । मिठो भोजन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम, यात्रापरक कार्य आदिमा सफलता मिल्नेछ । गीतसंगीत रसराग प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । भोगविलासमा रुचि रहनेछ । ख्याति फैलिनेछ ।

सिंह – तपाईंका कामको उच्च मूल्याङ्कन हुनेछ । धन लगानी गर्ने अवसर मिल्ला । कठोर मिहीनेतले सफलता प्राप्त हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न रहनेछ । विजयश्री मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । समस्याको समाधान मिल्नेछ । भोगविलासको अवसर भेट्ला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

कन्या – दिन राम्रो छ । पुराना इष्टमित्र तथा प्रेमी–प्रेमिकाबीच मिलन हुनेछ । आयस्रोत बढ्नेछ । आरोग्यता बढ्ला । साहसिक काममा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । इष्टमित्र सन्तान सुख बढ्नेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । कर्मपथमा सफलता मिल्नेछ । सुख शयल विलासमा आकर्षण बढ्ला ।

तुला – व्यापारमा हानी पुग्न सक्छ । यात्रा नगरेकै बेस हुनेछ । आफन्तसुख बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । लापर्वाही नगरी योजना बनाएर काम गर्नु बेस रहला । समस्याको समाधान गर्नु हुनेछ । ख्याति फैलिनेछ । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ ।

वृश्चिक – सभा-सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । लेखपढ अध्ययनमा जाँगर चल्ने छैन तथापि मनोकूलको काम बन्नेछ । आयस्रोत बढ्ला । रोकिएको धन उठ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । साथीभाइको व्यवहारप्रति सजग रहनु उत्तम होला । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्नेछ । अरुको भरमा नबसी विवाद आदिप्रति सचेत भइ योजनानुसार काम गर्नु बेस होला ।

धनु – सफलता मिल्ला । सहयोगीले साथ दिनेछन् । लगानी र खर्च बढ्नेछ । खेलकुद भ्रमण हांसविलास आदिमा आकर्षण बढ्नेछ । लापर्वाही नगरी योजना र बजेट बनाई काम गर्नु हीतकर होला । स्वास्थ्यमा ध्यान राख्नु पर्नेछ । ऐनकानूनलाई सम्मान गर्नु हीतकर होला ।

मकर – व्यवसायबाट प्रशस्त लाभ मिल्ला । दिन शुभ फलदायक रहनेछ । आयस्रोत वृद्धि हुनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला । दायित्वलाई पूरा गर्नु हुनेछ । आर्थिक कार्य बन्नेछ ।

कुम्भ – घरेलु समस्यामा समय बित्ला । स्वास्थ्यमा समस्या उत्पन्न भइ कार्यमा बाधा पुग्न सक्छ । यात्रापरक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । सार्वजनिक कार्य आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित हुनेछ । साहसिक कार्यमा प्रवृत्ति बढ्ला ।

मीन – परसेवामा मन जाला । पारिवारिक सुख प्राप्ति होला । जीवनसाथीको साथ मिल्नेछ । विशेषगरी शारीरिक र आर्थिक कार्यमा सफलता मिल्ला । शुभ काम बन्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख शान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख सौग्भायमा वृद्धि हुनेछ । मान महत्वमा बढोत्तरी हुनेछ । लगानी उठ्ला । अन्नधन बढ्नेछ । ख्याति फैलिनेछ । प्रेममा सफलता प्राप्त होला । सन्तानसुख बढ्ला ।