आजको पञ्चाङ्ग एवम् राशिफल (२७ मंसिर २०७८ सोमबार, १३ डिसेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ मंसिर २०७८ सोमबार, १३ डिसेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ हेमन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ मार्गशीर्ष २७ गते सोमबार तद्अनुसार सन् २०२१ दिसम्बर १३ तारिख मार्गशीर्ष शुक्लपक्ष दशमी तिथि रेवती नक्षत्र व्यतिपात योग तैतिल करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः४७ मा भयो र सूर्यास्त साँझ १७ः८मा हुनेछ । कीर्तिपुरमा इन्द्रायणी यात्रा ।

आजको राशिफल

मेष – समय मिश्रित फलदायक रहनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । अरुको भलाइमा मन जाला । ऋण, रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । खेलकुद र भ्रमणमा रुचि होला । धन मान बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा आकर्षण बढ्ने छ ।

वृष – दिन शुभ र लाभदायक रहला । मिहेनतको राम्रै फल मिल्नेछ । सम्मान प्राप्त होला, धेरैको मन जितिनेछ । नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहस सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मिथुन – व्यापारमा विशेष लाभ होला । उत्साहपूर्ण समय रहला । स्वास्थ्य सबल रहनेछ । यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । परिश्रममा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।

कर्कट – समय मिश्रितदायक रहनेछ । कामको उचित फल मिल्नेछ । प्रशस्त धन लाभ होला । साझेदारीमा चाहिँ समस्या आउन सक्छ । प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तान सुख पाइनेछ । मान महत्व बढ्नेछ । भागदौड जारी रहनेछ । समस्याको समाधान प्राप्त होला । आफ्नै बलविवेकले काम गर्नु हितकर होला ।

सिंह – हचुवामा कसैलाई बचन नदिनु बेस हुनेछ । कृषि क्षेत्रबाट लाभ मिल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । भागदौड व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्व बढ्नेछन् । ऋण रोग र शत्रुप्रति जित होला । अस्तव्यस्ततामा कमी हुनेछ । काममा विजय प्राप्त होला । देखिएको समस्या समाधान हुनेछ ।

कन्या – बोलीको प्रभाव बढ्नेछ । आश मारेको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रोकिएको धन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।

तुला – कार्यसम्पादनको क्षमता बढे पनि कतिपय अवसर गुम्न सक्छ । योजना सफल हुनेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – परिवारजनसँग आत्मियता बढ्ला । प्रेम सम्बन्धमा मिठास आउला । समय अनुकूल फलदायक रहला । इष्टमित सुख सन्तति बढ्नेछ । विवादमा नपर्नु हितकर होला । आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु – चोरी वा ठगीमा पर्न सकिन्छ, ध्यान दिनुहोला । धनको आवागमन भइरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । अरुको भर नपर्दा नै हित होला ।

मकर – तार्किक क्षमता बढ्नेछ । लगनशीलताले कीर्तिमानी फल दिलाउन सक्छ । आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।

कुम्भ – साथ दिनेहरू बढ्नेछन् । भाग्यले नसोचेको लाभ दिलाउला । दोडधुप बढ्ला । योजनाहरू गोप्य राख्नुहोला । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रा परक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।

मीन – इच्छाशक्ति बढ्नेछ । हात हालेको काम सफल हुँदा मन प्रशन्न रहला । समय फुर्सदिलो किसिमले बित्नेछ । लेनदेनमा विचार पुर्याउनुहोला । आरोग्यता बढ्ला । सुखशान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन पशन्न हुनेछ । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । गौरव बढ्ला । सुखशान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नु हुनेछ । आँट पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ ।