■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ पौष ३ गते शनिबार तद्अनुसार सन् २०२१ दिसम्बर १८ तारिख मार्गशीर्ष शुक्लपक्ष चतुर्दशी तिथि ६ः५६ पर पूर्णिमा तिथि रोहिणी नक्षत्र साध्य योग भद्रा करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५० मा र सूर्यास्त साँझ १७ः१० मा हुनेछ । पूर्णिमा व्रत, कुठीधान्यपूजा, दत्तात्रय जयन्ती । अन्तर्राष्ट्रिय आप्रवासी दिवस ।
आजको राशिफल
मेष – स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ । धनमाल हराउन सक्छ र ठगीमा पर्नुबाट पनि विशेष रुपले बच्नुपर्नेछ । शक्ति, सामर्थ्य भने बढ्नेछ । ऐश्वर्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । सार्थक कार्यमा रुचि बढ्नेछ । ऋण र शत्रु पराजित हुनेछन् । समस्याको समाधान मिल्नेछ । व्यर्थको खर्च पनि नियन्त्रण आउनेछ ।
वृष – आफन्तमा असमझदारी बढ्न सक्छ । खराब आचरण भएकाहरूसँँग संगत गर्नुपर्ने अवस्था आउन सक्छ । बोली र व्यक्तित्वको प्रभाव भने बढ्नेछ । भ्रमणमा एवम् आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । इष्टमित्रको सहयोग प्राप्त होला । सन्ततिसुख बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र, सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिथुन – मित्रजनसँग असमझदारी हुन सक्छ । धनलाभ होला । दौडधुप बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रासित सम्बन्धित कार्य बन्नेछ । मान महत्व वृद्धि होला । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह बढ्नेछ । सुख समृद्धि बढ्नेछ ।
कर्कट – विभिन्न अवसरले पच्छ्याउनेछन् । सवारी साधनको प्रयोग गर्दा विचार राख्नुहोला । समय मिश्रित फलदायक छ । जोखिमका कार्यमा हात नहाल्नु उत्तम हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रोकिएको धन प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ ।
सिंह – घरजग्गा सम्बन्धी मामलामा विवाद आउन सक्छ । दाम्पत्यसुख शान्ति बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सुख सन्तति बढ्नेछ । लगानी उठ्ला । मान पुरस्कार मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।
कन्या – घरखर्च बढ्ला । रोकिएका कार्य बन्नेछन् । समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ । धनको आगमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । मिठो भोजन मिल्नेछ ।
तुला – प्रयत्न गर्दा अप्ठ्यारा काम पनि बन्नेछ । धनलाभ होला । नयाँ काममा हात हाल्नु शुभकारी रहनेछ । रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्न सफल हुनुहुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्ततिसुख बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।
वृश्चिक – शत्रु परास्त हुनेछन् । आर्थिक लाभ होला । चिताएको काम बन्नेछ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ । आशा उत्साह बढ्ला ।
धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्त तथा सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुख शान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । धन सम्पत्ति बढ्नेछ ।
मकर – आफ्नै कमजोरीले हातमा आउको काम पनि चिप्लिन सक्छ । सुख सम्पन्नता बढ्नेछ । मिठो भोजन मिल्नेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नु हुनेछ । यात्रामा सफलता पाउनु हुनेछ । आफन्तको सहयोग मिल्नेछ ।
कुम्भ – प्रतिभाको उचित कदर होला । सरल जीवनशैलीले सबैको मन जित्नुहुनेछ । आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनु पर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।
मीन – भूमिबाट प्रशस्त फाइदा मिल्न सक्नेछ । नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । सुख आनन्दक बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्वलाई पूरा गर्नु हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । वार्तामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । साझेदारीको काम बन्नेछ ।
प्रतिक्रिया