अल्ट्रा ट्रेल रनिङमा सुनमायालाई पहिलो स्थान

अल्ट्रा ट्रेल रनिङमा सुनमायालाई पहिलो स्थान



थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड बाई युटिएमबी अल्ट्रा ट्रेल रनिङ प्रतियोगितामा नेपाली खेलाडी सुनमाया बुढा महिलातर्फ प्रथम स्थान हासिल गरेकी छन् । त्यस्तै, पुरुष र महिलातर्फ समग्रमा सुनमायाले तेस्रो स्थान हासिल गरिन् ।

थाइल्याण्डको च्याङमाइमा सम्पन्न उक्त प्रतियोगिता एशियाली क्षेत्रकै सबैभन्दा ठूलो ट्रेल रेस प्रतियोगिता हो । सुनमायाले महिलातर्फ ११० किलोमिटर लामो ट्रेल रेसमा प्रथम स्थान हासिल गरेकी थिइन् । उनले उक्त दूरी नेपालकी चर्चित अल्ट्रा म्याराथन धाविका मिरा राई भन्दा दुई घण्टाअघि पूरा गरिन् ।

सुनमायाले ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनेट एक सेकण्डमा पूरा गर्दा मिराले १७ घण्टा १२ मिनट ४८ सेकेण्डको समय लगाएकी थिइन् । महिलातर्फ नेपालकी मिरा राई दोश्रो र थाइल्याण्डकी फिचामोन राक्साकुल तेश्रो स्थानमा रहे ।

प्रतियोगितामा विश्वभरिका २ हजार भनदा बढी धावकहरुको सहभागिता रहेको थियो । सुनमायालाई उनलाई ट्रेल रनिङ प्रतियोगितामा हङकङमा रहेको नर्थ फेस एडभेन्चर टिमले सहयोग गरेको थियो ।