आजको पञ्चाङ्ग एवम् राशिफल (४ पौष २०७८आइतबार, १९ डिसेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ पौष २०७८आइतबार, १९ डिसेम्बर २०२१)



अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक सम्वत्सर हेमन्त ऋतु वि.सं. २०७८ पौष ४ गते तद्अनुसार सन् २०२१ दिसम्बर १९ तारिख आइतबार मार्गशीर्ष शुक्लपक्ष पूर्णिमा तिथि ९ः७ पर पौष कृष्ण पक्षको प्रतिपदा तिथि मृगशिरा नक्षत्र शुभ योग ९ः३३ पर शुक्ल योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ६ः५१ मा र सूर्यास्त साँझ १७ः११ बजे हुनेछ । धान्य पूर्णिमा, धान्यपर्बतदान, गैडुपूजा, उधौलीपर्व, धनेश्वर मेला, श्रीबागभैरव पर्व, भ.पु. अनन्तलिङ्गेश्वर मेला, चम्पादेवी मेला, योमरीपून्हि, थिलापून्हि ।

आजको राशिफल

मेष – कार्यबाधाहरू हट्नेछन् । नसोचेको ठाउँबाट धनलाभ होला । विकासको नयाँ सम्भावना देखापर्ने छ । आँट उत्साह बढ्नेछ । कार्य क्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्ला । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । प्रसिद्धि र ख्याति फैलिनेछ ।

वृष – काममा अवरोध हुँदा मन खिन्न होला । स्वास्थ्य पनि कमजोर रहला । बोली र व्यक्तित्वको प्रभाव भने बढ्नेछ । मान महत्व बढ्नेछन् । विलासमा आकर्षण बढ्नेछ । भागदौड वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ ।

मिथुन – नजिकका साथीभाइ टाढिन सक्छन् । अर्थको अभाव होला, तथापि सहयोगीहरूको साथ रहला । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । आशा उत्साहमा वृद्धि हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । आकस्मिकता रहनेछ । परिश्रमले सफलता पाउनुहुनेछ ।

कर्कट – आशा देखाउनेहरूले धोका दिन सक्छन् । आर्थिक हिसाबले भने लाभ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शुभ काममा लाग्नु हितकर हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । जोखिममा नपर्नु हितकर हुनेछ । व्यस्तता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।

सिंह – आम्दानी बढ्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ला । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आरोग्यता बढ्नुको साथै आँट उत्साह बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कन्या – परिस्थिति संघर्षमय रहला । सवारी साधनमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । सन्तानको सहयोग मिल्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्ला । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ ।

तुला – सहयोगीहरूले धोका दिन सक्छन् । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुपर्नेछ । व्यवसायिक कााममा जटिलता आउन सक्छ । समय जोखिमपूर्ण रहनेछ । अरुको भर नपर्दा शुभ होला । ठगी विश्वासघातदेखि सचेत रहनुपर्नेछ । गोप्य काम बन्नेछ । जोखिम बढ्न सक्छ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । विवादमा नपर्नु हीतकर रहला ।

वृश्चिक – सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिएलान् । सभा–समारोहमा सम्मान मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । नयाँ सम्भावना देखापर्ला । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । आर्थिक लगानीमा वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु – साहसले काम बन्नेछ । गुमेको प्रतिष्ठा फिर्ता हुने र प्रशस्त धन आर्जन गर्ने योग छ । धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनु हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।

मकर – गोपनियतामा विशेष ध्यान राख्नुहोला । धनमाल हराउन सक्छ । उन्नति पदोन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहनेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला ।

कुम्भ – व्यवसायमा लाभ होला, तर काम बिग्रने डरले सताउला । यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत रहनुपर्ला ।

मीन – सामान्यतया दिन राम्रै रहला । सानो प्रयासले पनि ठूलेै काम बन्ला । ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भइरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ । अन्नधन बढ्नेछ ।