■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ हेमन्त ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७८ पौष ५ गते सोमबार तद्अनुसार सन् २०२१ दिसेम्बर २० तारिख पौष कृष्णपक्ष प्रतिपदा तिथि ११ः१३ पर द्वितीया तिथि आर्द्रा नक्षत्र शुक्ल योग १०ः४१ पर ब्रम्हा योग तैतिल करण आनन्दादिमा काल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५१ मा र सूर्यास्त साँझ १७ः११ मा हुनेछ ।
आजको राशिफल
मेष – स्वास्थ्य सबल रहनेछ । मिहेनतले काम सम्पन्न हुनेछ । उत्साह उमङ्ग बढ्ला । नयाँ सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नु हुनेछ । आयमूलक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । हरेक प्रकारले पराक्रम बढ्नेछ ।
वृष – आफ्नो कामले धेरैको मन लोभ्याउन सकिनेछ । मान महत्व बढ्ला । शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । धन सम्पत्ति मान महत्व बढ्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रा होला । यश वर्चश्व वृद्धि होला । शुभकाममा प्रवृत्ति बढ्ला । समस्याको समाधान प्राप्त हुनेछ ।
मिथुन – समय शुभ छ । कानुनी क्रियाकलापमा विजयी बनिनेछ । उपहारहरू पनि प्राप्त हुनसक्छ । धन सम्पत्ति बढ्नेछ । खर्चमा नियन्त्रण आउनेछ । रसरागमा आकर्षण बढ्नेछ । धैर्य र विवेकले काम गर्नु बेस होला । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
कर्कट– मनोरञ्जनपूर्ण समय छ । सहयोगीहरूले साथ दिनेछन् भने सफलता पनि सहजै मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । खेलकुद तथा भ्रमणमा आकर्षण रहनेछ । मिठो भोजन मिल्नेछ । कार्यगति बढ्ला । योजना र बजेट बनाइ काम गर्नु हितकर रहला ।
सिंह – टाढाको यात्राको सम्भावना छ तर अनावश्यक यात्रालाई टार्नु नै बेस होला । ग्रहगोचर लाभदायक र उन्नतिकारक नै रहेको छ । मिठो भोजन खान पाउनुहुनेछ । सुख आरोग्यता बढ्ला । आशा उत्साह थपिनेछ । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । सुखसुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ ।
कन्या – दोधारको अवस्था रहला । पुरानो समस्याले सताउन सक्छ । आर्थिक कार्यमा भने सफलता मिल्नेछ । आयस्रोत बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्ला ।
तुला – भावनाको वशमा पर्नुहुनेछ । बोलीमा लगाम लगाउनु हितकर होला । धन आर्जन हुनेछ । भागदौड रहला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । साझेदारीको काम बन्नेछ । शुभ काममा आकर्षण बढ्ला ।
वृश्चिक – बौद्धिक प्रतिष्पर्धामा विजयी बनिनेछ । आम्दानीका स्रोत खुल्नेछन् । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । जोखिममा नपर्नु उचित होला ।
धनु – कृषिक्षेत्रबाट लाभ मिल्नेछ । मन हौसलाले भरिनेछ । धेरैको भलाइ हुने कर्ममा मन जानेछ । साहसिक काम बन्नेछ । लेखन प्रकाशन, कला, साहित्य आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य वृद्धि होला । भाग्यबर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । पराक्रम वृद्धि होला । आयातनिर्यातसित सम्बन्धित काम बन्ला । सुख आनन्द मिल्नेछ । वार्तामा सफलता मिल्ला ।
मकर – आलश्य जागेर काममा ढिलाइ होला । अवसर आए पनि मौकामा लाभ उठाउन चुक्न सकिनेछ, विचार पुर्याउनुहोला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।
कुम्भ – व्यापारमा लाभ छ । जटिल कामको सम्पादनमा सफलता मिल्ला । खेलकूद र भ्रमण कार्यमा आकर्षण बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । मित्रमिलन हुनेछ ।
मीन – ठूलाबडाको आशीर्वादले कर्म सफल होला । सामाजिक कार्यमा रुचि बढ्ला । दिन मनोरञ्जनपूर्ण रहला । खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला । सुख शान्ति बढ्नेछ । उन्नति पदोन्नति हुनेछ ।
प्रतिक्रिया