अनमोल बने एम्पाएर ऐजुकेसनको ब्राण्ड ऐम्बेष्डर

अनमोल बने एम्पाएर ऐजुकेसनको ब्राण्ड ऐम्बेष्डर


युवा पुस्ताका लोकप्रिय अभिनेता अनमोल केसी एम्पाएर ऐजुकेसन एण्ड भिसा सर्भिसेसको ब्राण्ड ऐम्बेस्डर नियुक्त भएका छन् । काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमबीच अभिनेता अनमोल केसी र संस्थाका प्रबन्ध निर्देशक स्वतन्त्रप्रताप शाहबीच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

अनमोल २० लाख पारिश्रमिक लिएर एम्पाएरको ब्राण्ड ऐम्बेस्डरको रूपमा नियुक्त भएका र द्वीपक्षीय सम्झौता एक वर्षको रहने बताइएको छ ।

‘शिक्षा क्षेत्रमा आफ्नै पहिचान बनाउँदै अगाडि बढेको हाम्रो संस्थाले अनमोल केसीको आवद्धतापछि थप उचाई समात्ने विश्वास हामीले लिएका छौँ’, संस्थाका प्रबन्ध निर्देशक स्वतन्त्रप्रताप शाहले भने । शाहले आगामी दिनमा अनमोल केसीसंग अन्य क्षेत्रमा पनि सहकार्य गरेर अगाडि बढ्ने योजना रहेको जानकारी दिए ।

ब्राण्ड ऐमेबेस्डरको रूपमा नियुक्त भएपछि अभिनेता अनमोल केसीले विगत १५ वर्षदेखि शिक्षा क्षेत्रमा आवद्ध रही आएको एम्पाएर ऐजुकेसन एण्ड भिषा सर्भिसेसको विगतको उच्च नाम र विद्यर्थीहरूबीच यसले कमाएको विश्वास देखेर नै आफू यसको ब्राण्ड ऐम्बेस्डरको रूपमा आवद्ध भएको बताए । उच्चशिक्षा हासिल गर्न नेपालबाट अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरूको साथ र समर्थन एम्पाएरले आगामी दिनमा पनि पाइरहने विश्वास उनले ब्यक्त गरे ।

आफू यो ब्राण्डसँग जोडिन पाउँदा खुशी भएको बताउँदै अनमोलले भने, ‘अष्ट्रेलियामा विद्यार्थीहरुलाई अध्ययनका लागि पठाउँदै आएको इम्पायरसँग जोडिन पाउँदा खुशी लागेको छ । मलाई आशा छ, इम्पायरबाट अष्ट्रेलिया गएर नेपाली विद्यार्थीले धेरै कुरा सिक्नुहुनेछ र सिकेको कुरालाई नेपाल फर्किएर लागू गर्नुहुनेछ ।’