■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक सम्वत्सर हेमन्त ऋतु वि.सं. २०७८ पौष ९ गते तद्अनुसार सन् २०२१ दिसम्बर २४ तारिख शुक्रबार पौष कृष्णपक्ष पञ्चमी तिथि मघा नक्षत्र विषकुम्भ योग ८ः४७ पर प्रीति योग गर करण आनन्दादिमा काण योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमांडौमा सूर्योदय बिहान ६ः५३ मा भयो र सूर्यास्त साँझ १७ः१३ बजे हुनेछ ।
आजको राशिफल
मेष – नयाँ कामको शुरुवात राम्रो नहोला । मनमा पनि दुविधा रहला । स्वास्थ्य राम्रो रहनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक, रचनात्मक, कलात्मक, साहित्य, संगीत आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । मित्रजन र सन्तानको सुख बढ्नेछ । साझेदारीको काम बन्नेछ । प्रसिद्धि र ख्याति फैलिनेछ ।
वृष – चलअचल सम्पत्तिको कारोबार होला । काम बनेर मन रमाउला । व्यस्तता भने बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव रहला । मान महत्व बढ्नेछ । धनको आवागमन भैरहने छ । विलासमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन प्राप्त हुनेछ ।
मिथुन – आर्थिक लाभ होला मित्रजनसँग भेट होला । नसोचेको काम बन्नेछ । आरोग्यता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । आशा उत्साहमा वृद्धि हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । आकस्मिकता रहनेछ । परिश्रमले सफलता पाउनुहुनेछ । आयस्रोत वृद्धि हुनेछ । सफलता र समृद्धिको प्राप्ति हुनेछ ।
कर्कट – शत्रुले सताउन सक्छ, सतर्क रहनुहोला । सवारी साधन चलाउँदा सावधान रहनुहोला । शुभ काममा लाग्नु हितकर हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । जोखिममा नपर्नु हितकर हुनेछ । व्यस्तता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । जीवनसाथीको साथ मिल्नेछ ।
सिंह – सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै आँट उत्साह पनि बढ्नेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । उन्नति पदोन्नति हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।
कन्या – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मित्रजन सन्तानको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोत्तरी हुनेछ । आर्थिक काममा सफलता मिल्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
तुला – जोखिमपूर्ण कार्यमा रुचि रहला, तर सरल कार्यमा लाग्दा शुभ रहला । अरुको भर नपर्दा उत्तम हुनेछ । ठगी र विश्वासघातदेखि सचेत रहनुपर्नेछ । मिठो भोजन मिल्नेछ । गोप्य काम बन्नेछ । जोखिम बढ्न सक्छ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनुपर्नेछ । विवादमा नपर्नु हितकर रहला ।
वृश्चिक – दायित्व बढ्ला र दायित्वलाई पूरा पनि गर्नुहुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोला । खानपानमा अत्यन्त विचार पुर्यउनुहोला । प्रेममा धोका हुन सक्छ । सहयोगीहरुले साथ दिए पनि काम बिग्रन सक्छ । खर्च पनि बढ्न सक्छ । संयमतापूर्ण व्यवहारले शान्ति र सन्तोष प्राप्त होला ।
धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनु हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।
मकर – उन्नति पदोन्नति होला । बिघ्न हट्ला । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न भैहाल्नेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला । इष्टमित्र सन्तानको सहगयोग मिल्नेछ ।
कुम्भ – यात्रा होला । खर्च बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । सुख शान्ति बढ्ला । ख्याति फैलिनेछ । छलकपट धोखाधडी आदिप्रति सचेत रहनुपर्नेछ ।
मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । ऐश्वर्य बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ । अन्नधन बढ्नेछ ।
प्रतिक्रिया