आजको पञ्चाङ्ग एवम् राशिफल (१० पुस २०७८ शनिबार, २५ डिसेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० पुस २०७८ शनिबार, २५ डिसेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ हेमन्त ऋतु वि.सं. २०७८ पौष १० गते शनिबार तद्अनुसार सन् २०२१ दिसम्बर २५ तारिख पौष कृष्णपक्ष षष्ठी तिथि पूर्वाफाल्गुणी नक्षत्र प्रीति योग भद्रा करण आनन्दादिमा लुम्ब योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा र सूर्यास्त साँझ १७ः१४ मा हुनेछ । क्रिसमस डे ।

आजको राशिफल

मेष – मुद्दामामिलामा पर्न सकिएला । अनावश्यक त्रास बढ्न सक्छ । प्रेममा सफलता प्राप्त हुनेछ । नियमित कर्ममा प्रवृत्ति बढ्नेछ । मित्रजन सन्तान आदिको सहयोग प्राप्त हुनेछ । व्यापारमा सफलता हासिल हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । बोली र व्यक्तित्वको प्रभावमा वृद्धि होला । आफूतिर अरुलाई तान्ने क्षमता बढ्नेछ । सुखसुविधासित सम्बन्धित काम बन्नुको साथै वार्तामा पनि सफलता मिल्नेछ ।

वृष – व्यापारमा गरिएको लगानी लाभदायक रहला । मन हर्षित होला । विकासको नयाँ सम्भावना देखापर्ने छ । धनसम्पत्ति बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै सुख शान्ति समृद्धि पनि प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभ काममा सफलता प्राप्त होला । मिठो भोजन खान पाउनुहुनेछ । मान सम्मान बढ्ला । विजय प्राप्त हुनेछ ।

मिथुन – पढाइमा मन लाग्ला । खुशीको खबर प्राप्त होला । वैवाहिक जीवन सुखद रहला । प्रेममा सफलता प्राप्त हुनेछ । सुख प्राप्त हुनेछ । इष्टमित्र, सन्तानको सुख प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । रचनात्मक र बौद्धिक क्षमता बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ ।

कर्कट – चुनौती आइपरे पनि धैर्यले काम बन्नेछ । टाढाको यात्राको योग छ । धन मान बढ्नेछ । ऋण रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ । मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हितकर रहला ।

सिंह – धननास हुन सक्छ । खानपानमा ध्यान राख्नुहोला । प्रेमको क्षेत्रमा असफलता हासिल होला । इष्टमित्रको भने साथ प्राप्त हुनेछ । सन्तानसुख बढ्नेछ । खर्चमा कमी आउनेछ । नयाँ सम्भावना देखापर्ने छ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

कन्या – नयाँ कामको थालनी होला । मिहीनेतले सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । भागदौड बढ्ला । ख्याति फैलिनेछ । व्यस्तता बढ्नेछ ।

तुला – सोचेभन्दा ज्यादा नै लाभ होला । पाहुनाको आगमन होला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । भागदौड लागि रहला । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । सन्ततिसुख बढ्नेछन् । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।

वृश्चिक – वैदेशिक क्षेत्रबाट लाभ प्राप्त होला । मनोरञ्जनमा दिन बित्ला । मन शान्त रहनेछ । मान महत्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ ।

धनु – मित्र बनेर धोका दिनेहरुसँग सचेत रहनुहोला । टाढाको यात्रा नगर्नु नै बेस । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्ला । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर – बन्न लागेको काम बिग्रन सक्छ । यात्रमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तान सुख बढ्ला । मिठो भोजन मिल्नेछ । पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ – आर्थिक पक्ष सन्तोषजनक रहला । रोकिएका काम बन्ने र नयाँ काम शुरु होला ।समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

मीन – दिन राम्रो रहला । व्यापारमा सफलता मिल्नेछ । काममा जाँगर बढ्ला । नयाँ कामको थालनी गर्नु शुभकारी होला । स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रशन्न भैजानेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । आफन्तको सहयोग प्राप्त होला । जीवनसाथीको साथ प्राप्त होला ।