कामना सेवा फुटसल कपमा चौबिस टोली

कामना सेवा फुटसल कपमा चौबिस टोली



पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाका २४ टोलीको सहभागिता रहने भएको छ । आयोजक कामना सेवा विकास बैंकले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा २४ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

प्रतियोगिता कालोपुलस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने आयोजना हुनेछ । प्रतियोगितामा सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले प्रिक्वाटरफाइनलमा स्थान बनाउने छन् ।

‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गर्दै आयोजना हुन लागेको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले उद्घाटन र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले समापन गर्ने कार्यक्रम रहेको छ ।