काठमाडौं जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा ११औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता माघ १ गतेदेखि हुने भएको छ ।
‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगितामा जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् । खुला पुरुष/महिला सिंगल्ससहित पुरुष/महिला भेट्रान, पारा, स्कुल, कलेज र खेलकुद पत्रकार स्पर्धा समावेश गरिएको छ ।
खुला पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रो हुने दुईले १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
अखिल नेपाल टेबलटेनिस संघको वार्षिक क्यालेन्डर अनुसार हुन लागेको प्रतियोगितामा करिब ७ सय खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । माघ ८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।
प्रतिक्रिया